×

NMB BANK
NIC ASIA

आलेख

आस्था राउतज्यू, डण्डा बोक्यो भन्दैमा सिपाहीलाई हेप्न कहाँ पाइन्छ ?

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गयिका आस्था राउतले स्वर दिएको एउटा गीत मलाई निकै मन पर्छ–
'चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा,
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा,
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ ? 
म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ ।'

Sagarmatha Cement
Muktinath Bank

यति बुलन्द गीत गाउने मीठो स्वरकी धनी राउत केही दिनयता विवादको केन्द्रमा छिन् । नेपालका प्रहरीहरू अनेक दबाबमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य विषयलाई लिएर विमानस्थलमा चेकजाँज गर्न खटिएकी सिपाहीको विषयमा फेसबूक लाइभ आएर उनले त्यसरी प्रहरीलाई 'डण्ठे–डण्ठिनी' भन्नु हुँदैनथ्यो । त्यो डण्डा सरकारले बोकाएको हो, रहरले बोकेको हैन। जसरी तपाईंले गीतमा भनेजस्तै चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा नेपाली हैन भन्न पाइन्न त्यसैगरी डण्डा बोक्यो भन्दैमा सिपाहीलाई हेप्न पनि पाइन्न, पाइन्छ र ?


Advertisment
SBL

अस्था राउत सबैले मन पराएको सेलिब्रिटी गायिका हुन् । उनले बोलेका कुराहरू उनका हरेक श्रोताका लागि महत्त्वपूर्ण हुन सक्छ, त्यो विचार पुर्‍याउन सकिनन्। प्रहरीको काम कर्तव्य चित्त नबुझेमा उजुरी गर्ने शाखा छ ।

Vianet communication
Laxmi Bank

मिडियाहरू छन् । उनीजस्तो नाम चलेको कलाकारले पक्कै पनि विमानस्थलको सिनियर प्रहरी अधिकारीलाई जारकारी गराउन सक्थिन् कि म माथि अभद्र व्यवहार भयो भनेर, तर उनले त्यसो गरिनन् । बरु 'डण्ठे, पुलिस हो कि खुलिस हो, प्यूसा–प्यूसिन' भनेर नमीठो शब्दमा गाली गरिन् । आस्था राउतले एक प्रकारको साइबर अपराध गरेकी छन् ।  

नेपाल प्रहरीसँग साधन श्रोतको कमी छ तर युनिफर्म छन् र आदेश आयो भने मन्त्रीदेखि लिएर आफ्नै चिफ साबहरू समात्न पनि पछि हट्न नहुने बाध्यात्मक परिस्थिति पनि । उनीहरू पनि हामीजस्तै मनमुटु, भावना र विचार भएका मानिस हुन्, मेशिन हैनन् । उनीहरूबाट पनि गल्ती हुन्छ । नेपाल प्रहरीको आचरण सुधार गर्नुपर्ने अवस्था पक्कै छ ।

लोकान्तरले पहिलोपटक सार्वजनिक गरेको सीसीटीभी फूटेज हेर्दा प्रहरीका तर्फबाट खासै अपमानजनक व्यवहार भएजस्तो लागेन ।

हेर्नुहोस्, सीसीटीभी फूटेज :
विमानस्थलमा आस्थाले के गरेकी थिइन् ? हेर्नुहोस् EXCLUSIVE VIDEO
 

राज्यले सिपाहीलाई एउटा सानो परिवार पाल्न सक्ने तलब पनि नदिने, सिपाहीका छोराछोरीको पढाइलेखाइका लागि कुनै योजना पनि नबनाउने, एउटा सिपाहीको परिवार के कस्ता दु:खका बीच गुज्रिएको हुन्छ, त्यतातिर ध्यान नदिने तर जबरजस्ती 'स्माइल (मुस्कान) सहितको प्रहरी सेवा' घोषणा गरेर मात्र कहाँ हुन्छ ? यस्तो अवस्थामा कसरी निस्किन्छ मुस्कान ?

फूटेज सार्वजनिक भएपछि आस्था राउतजी फेसबूक लाइभमा फेरि आएर रोएकी छन् भने गाली गलौज गरिएका पुरानो भिडियो हटाएकी छन् । आफ्नो गल्ती ढाकछोप गर्ने उनको प्रयास जारी नै छ ।

ड्यूटीमा रहेकी प्रहरीले गायिका आस्था राउतलाई कस्तो व्यवहार गर्नुपर्थ्यो ?

मुख बंग्याउँदै मुस्कानसहितको सेवा दिएर– 'नमस्कार म्याम! म हजुरको ठूलो फ्यान । हजुरको सो पनि हेरेकी छु । हजुरको कपालको स्टाइल कस्तो मन पर्छ । गाला पनि कस्ता पुक्कपुक्क उठेका, बोली त्यस्तै राम्रो । हजुरलाई त कहाँ चेक गर्नु, गइस्यो यत्तिकै । बरू अटोग्राफ दिस्योस् न प्लिज' भन्नुपर्थ्यो ? 

पर्दैनथ्यो, किनभने हजारौं यात्रुको खल्ती चेकजाँच गरेर उभिँदा सिपाहीलाई जम्मा जम्माजम्मी श्वास फेर्ने फुर्सद हुन्छ । गायिका राउत भने कफी पिउँदै टकटकटक आएकी छन् । सेलिब्रिटीहरूमा एउटा नमीठो भ्रम के छ भने हामीलाई सबैले चिन्छन् । वास्तवमा त्यस्तो हुँदैन । खै मलाई त कसैले चिन्दैनन् त । बाटोमा हिँड्यो, कुकुर हिँड्यो कि बिरालो हिँड्यो कसैलाई मतलब हुँदैन त । 

यो स्टोरी गायिका आस्था राउत र ती प्रहरीको सन्दर्भले हैन, सिपाहीका अनेकन दु:खले लेख्न प्रेरित गरेको हो । नेपालको हकमा सिपाहीहरूलाई बडो गाह्रो छ । सबै वकिल छन्, सबै न्यायाधीश छन्, सबै संविधानविद् छन्, सबै राजनीतिकर्मी छन्, सबै भीआईपीका सन्तान छन् । नेपालमा नभएको अन्त दुनियाँमा कहीँ हुँदैन । यस्तो देशमा सिपाहीलाई काम गर्न बडो गाह्रो हुन्छ । काम गरौं अपजस पाइन्छ, नगरौं जागिर जान सक्छ ।

व्यक्तिगत मनस्थितिका कुरा गर्ने हो भने प्रहरीको पीडाका पक्षमा लेख्नुपर्ने मेरो नियती थिएन तर व्यक्तिप्रधान हैन, संस्था प्रधान हो । भोलि मलाई इमरजेन्सी पर्‍यो भने फोन गरेर सहरा लिने प्रहरीकै हो, गर्लफ्रेन्डको हैन । 

प्रहरी कार्यलयलाई मामाघर पनि भनिन्छ । मादक पदार्थ सेवन गरेर समाजको शान्ति भंग गरेको आरोपमा केही वर्षअगाडि पनि 'मामाघर' गएको थिए, अर्थात् पक्राउ परेको थिए । हुलमुलमा त्यस्तो भएको थियो । मलाई चौकी पुर्‍याइयो । पशुपतिनाथको कसम! त्यतिखेर मैले रक्सी पिएकै थिइनँ । अब मलाई कति पीडा भयो होला ?

धान खाने मुसो, चोट पाउने भ्यागुतो भनेजस्तो मैले धेरैपटक प्रहरीको पिटाइ खाएको छु तर कोही बात छैन, मैले अनाहकमा पिटाइ खाएको थिएँ । केपी ओलीले पनि कुनैदिन प्रहरीको पिटाइ खाएका थिए । नेपालमा प्रहरीको पिटाइ खानु त भाग्य पनि हो कि जस्तो लाग्छ, जसले प्रहरीको पिटाइ खाए ती प्रधानमन्त्री बने ।

शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला सबैले प्रहरीको पिटाइ खाए तर प्रचण्डलाई भने प्रहरीले पिट्न सकेनन् र अब त्यो सम्भावना पनि नगण्य छ ।

प्रहरीको मुखबाट यो 'तँ' भन्ने शब्द त कति सुनियो कति । मलाई त यो प्रहरीको तँ भन्ने शब्द म:म खाएजस्तो लाग्छ ।

जति नै हिरोपन देखाएपनि त्यो प्रहरी सिपाहीको गल्ती छैन । ऊ कुन संस्कारमा हुर्कियो, उसले कस्तो तालिम पायो, विभेदमा हुर्कियो कि समानतामा त्यो मुख्य हो ।

फेसबूक लाइभमा गायिका राउतले भनेको एउटा कुराचाहिँ गजब छ, त्यो के भने– 'ठूलाबडालाई आइस्यो, गैस्यो, अरूचाहिँ तँ! तिमीहरूको जरा मुहान नै फोहोर छ, पहिला मुहान सफा गर ।'

हो यस अर्थमा प्रहरी सिभिलाइज्ड हुन सकेको देखिन्न । उही लछारपछार, गालीगलौज, हल्लाखल्लाको जंगे पारा छ । यसरी त गणतन्त्र नेपालमा चल्दैन । 

सिपाहीका समस्या !

राज्यले सिपाहीलाई एउटा सानो परिवार पाल्न सक्ने तलब पनि नदिने, सिपाहीका छोराछोरीको पढाइलेखाइका लागि कुनै योजना पनि नबनाउने, एउटा सिपाहीको परिवार के कस्ता दु:खका बीच गुज्रिएको हुन्छ, त्यतातिर ध्यान नदिने तर जबरजस्ती 'स्माइल (मुस्कान) सहितको प्रहरी सेवा' घोषणा गरेर मात्र कहाँ हुन्छ ? यस्तो अवस्थामा कसरी निस्किन्छ मुस्कान ? यस्ता कन्फ्यूजन लाग्ने नीतिका कारण हाम्रा सिपाहीहरू हेपिनु परेको छ । यसकारण पनि सिपाहीहरूको मनस्थिति कुनै विषयलाई फेसिलेट, नेगेसिएट गर्नेभन्दा पनि आक्रमक ढंगबाट प्रस्तुत हुने खालको छ । 

केही मानिस प्रहरीलाई डण्ठे भन्न पाएकोमा गर्व गर्छन् तर जनता पशुसमान भएकाले डण्डा बोक्नु परेको हो कि त्यतातर्फ भने ध्यान गएको देखिँदैन । डण्डा त भेडा गोठालाहरू, गोरु गोठालाहरू, भैँसी गोठालाहरूसँग पो हुनुपर्ने हाम्रो नेपालमा प्रहरीहरूसँग पनि हुन्छ । यस्तो अवस्थामा हामीले प्रहरीलाई डण्ठे भनेर खिस्सीटिउरी गर्ने कि हामी पशुसमान रहेछौं र त हामीलाई तह लगाउन डण्डा बोक्नुपरेको भनेर ग्लानीबोध गर्ने ?

हिन्दीमा एउटा कथन छ– लड्की हँसी तो फसी । यो सिपाहीलाई स्माइलसहित काम गर भन्नु सामन्तवादी सोच हो । स्माइल भनेको के हो ? सेवा हो ? मलाई त लाग्दैन स्माइल भनेको सेवा हो ।  ड्यूटीका क्रममा जनतासँग 'मोर पोलाइट' हुनुभनेको होला । मलाई यो पनि लाग्दैन कि मोर पोलाइट देखिन स्माइल दिनैपर्छ, किनभने सिपाहीहरू मसाज सेन्टरमा काम गर्दैनन् ।

सिपाहीको मुखमा नक्कली स्माइलसहितको सेवा हैन कि इस्क्युजमी, प्लिज, माफ गर्नुहोला (सरी), धन्यवाद (थ्याङ्क्यु)जस्ता शब्दहरू झुण्डिनुपर्छ । मानिस शब्दसँग प्रभावित हुन्छ । तर नेपालको कुनै प्रहरीले ड्यूटीका बेला इस्क्युजमी, प्लिज, माफ गर्नुहोला (सरी), धन्यवाद (थ्याङ्क्यु) भन्ने शब्दको प्रयोग गरेको मलाई चाहिँ थाहा छैन ।

आर्टिफिसियल मुस्कान दिन नसक्दा ड्यूटीमा रहेका प्रहरी र नागरिकबीच बेलाबेलामा तनाव उत्पन्न हुने गरेको पाइन्छ ।

सामाजिक सञ्जालका कारण अहिले ती मुखरित भएका मैत्र हुन् । हुन त एसियाका देशहरूमा प्रहरी र नागरिकको सम्बन्ध शत्रुतापूर्ण नै मानिन्छ ।

प्रहरीमा राजनीति र ठूलाबडाहरूको हस्तक्षेपका कारण प्रहरीहरू बदनाम भइरहेका कुरा पनि सत्य हो । एउटा बाइक विनालाइसेन्स चलाए प्रहरीले बाइक नियन्त्रणमा लिन्छ । चालकले उच्च तहको प्रहरी वा नेतालाई फोन गर्छ । दबाबका कारण सिपाही पछाडि हट्छ, अनि सिपाहीलाई आफ्नो कामप्रति हीनताबोध हुन्छ ।

काम गरेपनि सुख छैन नगरे पनि सुख छैन, सिपाहीहरू पेलिएकै छन् । दु:ख–कष्ट पाएका छन् । कहिले हाकिमको घरमा अरदली, कहिले नेताको घरमा सुसारे । पञ्चायत कालदेखि नै हुक्के, चिलिमे, छातेकारूपमा ग्रुमिङ हुँदै आएका प्रहरी सिपाहीहरू यतिबेला आफ्नै अस्तित्वको दबाबमा छन्‌जस्तो लाग्छ ।

कामको चाप र घरको समस्याले अधिकांश सिपाहहरू मानसिक रूपमा पीडित छन्, डिप्रेसनमा परेका छन् भन्ने लाग्छ । सिपाहीहरू मनभरी दबाब, मुटुभरी पेलान, अनि दिमागभरी आर्थिक भार सहेर जनताकासामु मुस्कान दिन सक्दैनन् । देस्रो कुरा सिपाहीहरूको कामप्रति मोरलडाउन भएको छ कि आफ्नो प्रहरी संस्थाप्रति गर्व गरेका छन्, त्यो बुझ्नुपर्छ । 

केही मानिस प्रहरीलाई डण्ठे भन्न पाएकोमा गर्व गर्छन् तर जनता पशुसमान भएकाले डण्डा बोक्नु परेको हो कि त्यतातर्फ भने ध्यान गएको देखिँदैन । डण्डा त भेडा गोठालाहरू, गोरु गोठालाहरू, भैँसी गोठालाहरूसँग पो हुनुपर्ने हाम्रो नेपालमा प्रहरीहरूसँग पनि हुन्छ । यस्तो अवस्थामा हामीले प्रहरीलाई डण्ठे भनेर खिस्सीटिउरी गर्ने कि हामी पशुसमान रहेछौं र त हामीलाई तह लगाउन डण्डा बोक्नुपरेको भनेर ग्लानीबोध गर्ने ? झट्ट सुन्दा यो कुरा सतही लाग्ला, तर यथार्थ यही हो । 

प्रहरीसँग आमनागरिक झगडा गर्नु, प्रश्न गर्नु प्रजातन्त्रको सुन्दर नमुना हो तर यो सुन्दर नमूना कहिलेकाहिँ इगोको रूपमा परिणत हुने गर्दछ । दम्भ, अहंकार र आफू प्रतिष्ठित देखाउनका लागि जसले पनि आफूभन्दा तलकालाई पेल्ने चलन छ । प्रहरीमै हल्दवारभन्दा माथि सबैले आफूभन्दा तलकालाई अनावश्यकरूपमा पेल्ने गर्दछन् । हिजोका दिनहरूमा त सिपाहीलाई हाकिमले घरमा काम गर्नका लागि पनि राख्ने गर्दथे । शायद त्यो सामन्ती परम्परा अझै पनि कायम होला । हाकिमअर्थात् डीएसपीभन्दा माथिका साहेबहरूको घरमा खाना पकाउने, तिनका सन्तानहरू स्कूल पुर्‍याइदिने, लिन जाने, खाना पुर्‍याइदिने, लुगा धोइदिनेजस्ता काममा सिपाहीहरू खुबै पेलिए ।

कर्तव्य पालनाको शिलशिलामा पनि सिपाहीहरू निकै पेलिने गर्छन् । अनावश्यरूपमा टर्चर धेरै हुन्छ । कामको बाँडफाँड फूली हरेर हुनसक्छ, तर मानवीयताको बाँडफाँड हुन केवल मानिस भएरै पुग्छ । यसैकारण होला केही प्रहरी अधिकारीले सिपाहीसँग बसेर खाना खाए । विभेदको रियलाइजेसन भएकै कारण उनीहरूले यस्तो गरेका होलान् । हैन भने त सिपाहीले खाने दाल, चामल र तरकारी अनि अफिसरहरूले खाने दाल, चामल र तरकारी नै फरक हुनेगर्थ्यो । यो पनि सामन्तवादी संस्कार नै हो । भान्सा फरक बनाउन सकिएला तर खानेकुरा एकै प्रकारको हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

आम नागरिकले पनि फूली हेरेर त्यहीअनुसार व्यवहार गर्छन् । सिपाहीलाई त मान्छे नै हैनजस्तो गर्छन् । तर ती सिपाही फिल्डमा सबैभन्दा धेरै जनताको सेवामा खटिएका हुन्छन् । फूली हरेर व्यवहार हुने भएकै कारण शायद गायिका आस्था राउतले विमानस्थलमा कार्यरत महिला प्रहरीको अपमान हुनेगरी फेसबूक लाइभ गरेको हुन सक्छ । शायद ती महिला प्रहरी इन्सपेक्टर हुन्थिन् भने आस्था राउत तुपचाप बस्थिन् । यो सय प्रतिशत हो । सिपाहीलाई केही थाहा हुँदैन, केही जानेको हुँदैन भन्ने भ्रम नागरिकलाई छ तर फिल्डमा सबैभन्दा धेरै जानेको, बुझेको सिपाही नै हुन्छ ।

हो केही प्रहरीहरू नियसवश खराब छन्, तिनका भाषाशैली खराब छन् तर प्रहरी भनेको संस्था हो । संस्थाकै बदनाम हुने गरेर जिम्मेवार नागरिक प्रस्तुत हुन मिल्दैन । तेरो जागिर खाइदिन्छु भन्ने ठूलाबडाहरूबाट सिपाहीहरू आजित भएका हुन्छन् । कतिपय अवस्थामा त्यस्तो हुन गएको पनि सुनिन्छ तर प्रहरीबाट राम्रो सम्मान पाउनका लागि आफूले पनि राम्रै सम्मान गर्नुपर्छ । कतिपय मानिसहरू अंग्रेजी बोलेर, कता-कता फोन घुमाएजस्तो गरेर, मेरो काका डीएसपी छ भनेर आफ्नो रवाफ देखाउने गर्छन्, तर आफैंलाई इमरजेन्सी पर्‍यो भने सहयोगका लागि सबैभन्दा पहिला पुग्ने सिपाही नै हो भन्ने कुरा बिर्सिन्छन् ।

गायिका आस्था राउतको हकमा पनि त्यही भयो भन्ने लाग्छ । आस्था राउतलाई प्लेन छुट्ला भन्ने हतार थियो होला । हतार छ भन्दैमा सुरक्षा जाँचको प्रकिया नै मिच्न त मिलेन नि ! ती सिपाही कतै न कतै आफ्नो कमाण्डरबाट निर्देषित छिन् र कुनैपनि बेला उनको ड्यूटीमाथि अनुगमन हुन सक्छ । सभ्य मानिसहरू सानो कुरामा सिपाहीसँग झगडा गर्दैनन् तर गायिकाज्यूलाई अलि बढी नै हतार भएको देखिन्छ । सीसीटीभी फूटेज हेर्दा उनको चुपीफुरी उदेकलाग्दो छ । ती महिला प्रहरीको हकमा कुरा गर्दा प्रहरीले त्यत्तिको व्यवहार गर्ने कुरा सामान्य हो ।

हामी नेपालीहरू नियम कानून पालना गर्ने कुरामा एकदमै हिच्किचाउने गर्छौं । सामान्यभन्दा सामान्य नियम पनि पालना गर्न मान्दैनौं । शायद हामी सिभिलाइज्ड हुन बाँकी भएर पनि होला । विकसित देशमा सामान्य नियम पालना गराउनका लागि प्रहरीहरू परिचालन भएको देखिन्न । हाम्रो देशमा भने जेब्राक्रसिङको बाटो भएर हिँड्न पनि प्रहरीले सिकाउनुपर्ने अवस्था छ । जनताहरूले अटेर गर्दा प्रहरीहरू रिसाउने, काराउने, झर्कने, बझाबाझ हुने, हातपात हुनेसम्मकै स्थिति देखा पर्छ । नियम पालना गर्ने र गराउने सन्दर्भमा प्रहरी र आमनागरिकबीच मतभेद हुनु स्वभाविक भएपनि कहिलेकाहीँ यस्ले संस्थाको गरिमा र नागरिकको कर्तव्यमाथि प्रश्न उठ्छ । 

अब हामीले प्रहरीलाई स्मार्ट बनाउने बेला पनि आइसकेको छ । पुरानो ढर्राको प्रहरी संरचना पुरानै ढर्राको पालनपोषणमा हुर्किएको छ । ग्रुमिङ नै चाकडी र सलामीको पेरिफेरिमा भएको छ । तालिमलाई बदल्नुपर्ने देखिन्छ । पहिले समाज असभ्य थियो, त्यही अनुसारको डण्डा हान्नुपर्थ्यो, अहिले समाज विस्तारै सिभिलाइज्ड बन्दैछ, यसकारण प्रहरीहरू पनि स्मार्ट बन्नुपर्छ भन्ने लाग्छ । हिजो पञ्चायती कालजस्तो हैन अहिले । नेपालीहरू विश्वभरी पुगेका छन्, देखेका छन्, बुझेका छन् । यसकारण प्रहरीहरू पनि सिभिलाइज्ड हुनुपर्छजस्तो लग्छ ।

यो तँ–तँ र म–म भन्ने शब्द नेपाल प्रहरीमा सामान्य छ । कुनै अभियुक्त पक्राउ पर्‍यो र पक्राउको दौरान फरक मत राख्यो भने उसलाई भएभरका गालीहरू एकसाथ गर्ने गरिन्छ । योपनि गलत नै हो । देषी भए अदालतले सजायँ दिन्छ । पक्राउ गरेका व्यक्तिमाथि दुर्व्यवहार गर्नुहुँदैन, सभ्य भाषामा उनीहरूसँग डिल गर्नुपर्छ भन्ने हो, त्यसका लागि स्मार्ट प्रहरी आवश्यक छ । प्रहरीलाई इन्सास राइफलजस्तै राम्रा-राम्रा हतियार आवश्यक छ । तर नेपाल प्रहरीले थ्रीनटथ्री प्रयोग गर्छ, जुन हतियारको कम्पनी नै बन्द भैसक्यो । यो हालको युनिफर्म पनि बदल्नुपर्छ र नयाँ लूक्स दिनुपर्छ भन्ने लग्छ । 

अझै महत्त्वपूर्ण कुरा हो प्रहरीहरूको सेवा सुविधा । प्रहरीमा सेवासुविधा कम भएका कारण पनि धेरै समस्या आएका छन् । मानिसहरू पैसा कम भयो भने पनि हेपिन्छन् भन्ने अकाट्य सत्य हो । तलब कमी भएकै कारण प्रहरीमा राजीनामा दिनेको संख्या धेरै छ । कसरी हुन्छ पेन्सन कमाउने निस्किने वा जागिर नै छाड्ने मनिस्थितिमा प्रहरीहरू किन पुग्छन्, किन आफ्नो संस्थाप्रति गर्व गर्दैनन् ? त्यो अनुसन्धान हुन आवश्यक छ । प्रहरी प्रधान कार्यालयका अनुसार, आर्थिक वर्ष २०७४/०७५ सालमा मात्र करीब १४ सय जनाले राजीनामा दिएका छन् । तीमध्ये ९ सय ८७ हबल्दार, १ सय ७५ जवान र १ सय ६३ असई रहेका छन् । यो त गम्भीर कुरा भयो । किन प्रहरी सेवामा आकर्षण कम देखियो भन्ने संस्थाप्रति नै चुनौतीको सवाल हो । नयाँ भर्ना मात्रै समास्याको समधान हैन, सिपाही किन टिक्दैनन्, किन संस्थाप्रति गर्व गर्न सक्दैनन् ? यसमा ध्यान जानु आवश्यक छ ।

ड्यूटीमा सबैभन्दा बढी खटिने तल्लो तहका प्रहरी कर्मचारी नै हुन्, मर्कामा पर्नेमा पनि बढी उनीहरू छन् । 'जो होचो उसको मुखमा घोचो' भनेजस्तो हाम्रा सिपाहीहरूलाई खुसी पार्न सरकारले सकेकै छैन । प्रहरीको तलबले परिवार पाल्नै गाह्रो छ । उनीहरूको बालबच्चाको शिक्षादिक्षाको समस्या छ । प्रहरी अझैपनि मासिक तलब भत्ताबाहेक १६ हजार २३० मासिक तलबमा काम गरिरहेका छन् ।

त्यस्तै, जनपद प्रहरीको तलब १७ हजार २३० रुपैयाँ छ भने प्रहरी हवल्दारको तलव १८ हजार ३४० रुपैयाँ छ । सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी परिचर र रिक्रुट सशस्त्र प्रहरी जवानको तलब १६ हजार २३० रुपैयाँ छ । सशस्त्र प्रहरी जवानको तलब १७ हजार २३० रुपैयाँ, सशस्त्र प्रहरी सहायक हवल्दारको १७ हजार ५७० रुपैयाँ र सशस्त्र प्रहरी हवल्दारको तलब १८ हजार ३४० छ ।

सशस्त्र प्रहरी महानिरीक्षकको तलव ५१ हजार ४२० रुपैयाँ छ । अब भत्ता–सत्ता यताउति, बढेको तलब जोडेर मासिक २४ हजार पुग्छ । यति पैसाले के हुन्छ भन्नुहोस् त ? बजारमा महंगी यति छ कि दुईजना बच्चा भएको परिवारलाई घरभाडामा लिन १०–१५ हजार लाग्छ । त्यो घरभाडा नभनौं सामान्य कोठा भाडा भनौं । अनि खाना खर्च, बालबच्चाको पढाई खर्च, उपाचर खर्च, लुगाफाटा खर्च कहाँबाट जुटाउने ? तलब थेरै भएका कारण प्रहरीहरू २/३ हजारको प्रलोभनमा पनि फसेको देखिन्छ । के गर्ने त बाध्यता आइ लाग्छ । देशमा महंगी दिन २ गुणा रातमा ४ गुणा बढिरहेको छ । त्यसकै तुलनामा देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सुरक्षा अंगका तल्ला तहका प्रहरी र सैनिक जवानले १४ घण्टा पहरा दिने र गस्ती गरिरहेका हुन्छन् । तर सुन्दापनि अचम्म लाग्छ २४ घण्टा अहोरात्र खट्ने तिनै प्रहरीका सिपाही  र सेनाका जवानको मासिक तलब भने सानो परिवार पाल्न सक्ने किसिमको पनि छैन ।

धेरैलाई थाहा छ, श्रम ऐनले एक श्रमिकलाई साप्ताहिक छ दिन आठ घण्टाको दरले मात्र काम लगाउन पाइन्छ भन्छ । त्यसमा पनि उनीहरूले अतिरिक्त समयमा काम गरेमा अतिरिक्त भत्ता पाउँछन् तर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत तल्लो तहका जवानहरूको खटाई र २४ घण्टा भएपनि तलब र सुविधा भने मजदूरकोभन्दा पनि कम छ । यो आजको मितिमा एकदम दु:खद् कुरा हो । यो विषयलाई लिएर राज्य कहिल्यै चिन्तित देखिएन ।

आस्था राउतजी तपाईंले आफ्ना शब्दहरू फिर्ता लिएर माफी माग्दा जगतैको भलो होला । कमजोर प्रहरी भएको देशमा नागरिकहरू पनि कमजोर नै हुन्छन् । अनि यस्तो गीत गाउनुहोस् एकदिन– 'डण्डा बोक्यो भन्दैमा सिपाहीलाई डण्ठे भन्न कहाँ पाइन्छ ? म त जनताको सुरक्षा गर्ने मान्छे, मलाई मजस्तै माया चाहिन्छ … ।'

प्रहरी संस्था आफैंमा पनि चिन्तित बनेको देखिएन । काठमाडौं उपत्यका र मुलुकका अन्य शहरी क्षेत्रमा खटिएका यस्ता जवानले आफ्नो जीवनयापन नै गर्न कठीन भइरहेको बेला घर र परिवारको लागि खर्च धान्न सक्दैनन् भन्ने प्रस्ट हुन्छ । हाल शहरी क्षेत्रमा एक जनालाई सामान्य जीवनयापन गर्न प्रतिव्यक्ति २५ हजार २ सय लाग्छ ।

प्रतिव्यक्ति २५ हजारभन्दा बढी खर्च हुने हाम्रो शहरमा बसेका सेना, सशस्त्र र नेपाल प्रहरीको तलब हेर्ने हो भने उनीहरूको जीवन कति कष्टकर छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । शिक्षा, स्वास्थ्य, यातायात र अन्य दैनिक खर्च धान्न सिपाहीको परिवारलाई कसरी सम्भव होला भन्ने अनुमान नै राज्यले गर्न सकिरहेको छैन ।

तल्लो तहका सेनाका सिपाही र सशस्त्र तथा नेपाल प्रहरीका जवानको मात्रै हैन, उच्च तहका सुरक्षा अधिकारीको हालत पनि खासै राम्रो देखिँदैन तर उच्च तहको हकमा भने कुरा फरक छ । उनीहरू कमिसनमा सिधै पहुँच राख्न सक्छन् । उच्च तहका प्रहीहरूको कमाउने धन्दा उच्च तहमै बढी हुने गरेको छ, सुडान घोटला काण्ड, सुनकाण्ड सिपाहीले घटाउन सक्ने काण्ड नै होइनन् ।

अर्को कुरा नेपाल प्रहरीमा अत्याधिक राजनीति छ, जसले गर्दा राम्रो काम गर्नेहरू पछि परेका छन् । नेताको चाकडी गर्नेहरू अगाडि आएका छन् । प्रहरी संठनलाई स्वतन्त्ररूपमा चल्न दिने हो भने धेरै राम्रो काम गर्न सक्छन् ।

सिपाहीहरू हेपिनुको अर्को कारण राजनीतिक हस्तक्षेप पनि हो । नेता र ठेकेदारहरूलाई खसी पार्न साहेबहरू सिपाहीलाई नै धेरै अपमान गर्छन् । नेपाल प्रहरीको प्रदेश प्रहरी विधेयक, २०७५ अध्ययन गर्दा नागरिक र प्रहरीबीचको सम्बन्धलाई कसै खुलाइएको छैन । असल नागरिकहरूसँग प्रहरीको व्यवहार कस्तो हुने केही लेखिएको छैन । यी कुराहरूमा घ्यान दिन जरुरी छ । सिपाहीको मर्म बुझ्न पनि सजिलो छ ।

अन्त्यमा, आस्था राउतजी तपाईंले आफ्ना शब्दहरू फिर्ता लिएर माफी माग्दा जगतैको भलो होला । कमजोर प्रहरी भएको देशमा नागरिकहरू पनि कमजोर नै हुन्छन् । अनि यस्तो गीत गाउनुहोस् एकदिन– 'डण्डा बोक्यो भन्दैमा सिपाहीलाई डण्ठे भन्न कहाँ पाइन्छ ? म त जनताको सुरक्षा गर्ने मान्छे, मलाई मजस्तै माया चाहिन्छ … ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x