नेप्सेमा उच्च अंकको वृद्धि

फाइल तस्वीर

धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आइतवारको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ बिन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको हो ।

यस्तै सेन्सेटिभ परिसूचक ५.५२ बिन्दुले बढेर २८८.३९ मा पुगेको हो । नेप्सेले 'बुलिस ट्रेन्ड' पछ्याउँदा कारोवार रकमले पनि नयाँ उचाइ कायम गरेको छ । कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबरको कारोबार भएको हो । 


Advertisement

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ७.९८ ले घट्दा बैंकिङ १७.९४, होटल ४९, विकास बैंक ६६.५३, जलविद्युत् ४५.४६, निर्जीवन बीमा ३३७.०२, उत्पादन ५९.९४, अन्य १२.३६, लघुवित्त ३२.०६, जीवन बीमा ४०३.२५ र सामूहिक लगानी कोष ०.५४ ले वृद्धि भएको छ । 

बीमा समूहमा कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिएपछि बजार नयाँ बिन्दुमा पुगेको स्पष्ट देख्न सकिन्छ । लगानीकर्तामा बढेको सकारात्मक मनोविज्ञानले पनि बजारलाई सकारात्मक लयमा लैजान अभिप्रेरित गरेको हो । 


Advertisement

नेप्सेका अनुसार आज कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्