मेट्रो प्रमुख पोखरेलको निर्देशन - विमानस्थलमा यात्रुलाई मीठो वचन बोल्नु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई राम्रो व्यवहार गर्न विमानस्थल प्रहरीलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।  

आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशन दिँदै प्रमुख डीआईजी पोखरेलले प्रहरी जनताको सेवाको लागि बसेकाले यात्रुहरूलाई राम्रो व्यवहार गर्न निर्देशन दिएका हुन् ।
‘सर्वसाधरण जनताको आत्मसम्मानलाई चोट पुग्ने किसिमको कुनै पनि व्यवहार प्रहरीले गर्नुहुँदैन, यदि त्यस्तो पाइएमा कुनै पनि प्रहरी कारवाही भागिदार हुनुपर्छ,’ निर्देशन दिँदै डीआईजी पोखरेलले भने । 


Advertisement

विमानस्थलमा सुरक्षाका हिसाबले संवेदनशील भएकाले मानव अधिकारलाई ध्यानमा राखी सुरक्षा जाँच गर्न निर्देशन दिएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्