शालिकराम आत्महत्या प्रकरणमा रवि लामिछानेले पाए सफाइ

आत्महत्या दुरुत्साहनको अभियोग लागेका पत्रकार रवि लामिछानेसहित तीन जनाले अदालतबाट सफाइ पाएका छन्।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले सफाइ दिएको हो।
 
 यसअघि अदालतले रवि पाँच लाख धरौटी बुझाएर रिहा भएका थिए। पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए। पछि उनी माउन्टेन टीभीमा काम गर्न थाले।


Advertisement

गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनीको शरीर झुन्डिएको अवस्थामा भेटिएको थियो।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्