हिमपात रोक्न हिउँमै बसेर पूजापाठ, घाम लागोस् भनेर कामना !

फाइल फोटो

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजापाठ गरेका छन् ।

३ दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए ।


Advertisement

‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केही मात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ । 

हिमपातका कारण उपल्लो डोल्पामा ५ फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कन समेत कठिन भएको स्थानीयले जनाएका छन् । – रामचन्द्र न्यौपाने/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्