×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभामा एकैदिन २ बैठक : उपसभामुखको राजीनामापछि सभामुख निर्वाचनको मिति घोषणा

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाले सोमवार सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ ।

Muktinath Bank

प्रक्रियाका लागि सोमवार प्रतिनिधि सभामा २ वटा बैठक बस्दैछन् । दिउँसो १ बजे बस्ने पहिलो बैठकमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको दफा २११ अनुसार सभामुखलाई सम्बोधन गरेर उपसभामुखले संसदको बैठकमै राजीनामाको तयारी गरेको संसद सचिवालय स्रोतले जानकारी दियो ।


Advertisment
Nabil box
Kumari

राजीनामा लगत्तै उपसभामुख तुम्बाहाङ्फेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा पत्रकार सम्मेलनको आयोजना गरेकी छन् ।

Vianet communication
Laxmi Bank

सोमवार नै प्रतिनिधि सभाको दोस्रो बैठक राख्ने सचिवालयको तयारी छ । उपसभामुखले राजीनामा दिएपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले दोस्रो बैठकको अध्यक्षता गर्नेछन् । दोस्रो बैठकले सभामुख निर्वाचनका लागि निर्वाचन अधिकृत र मिति तोक्ने कार्यसूची छ ।

‘सम्भवतः भोलिका लागि उम्मेदवारी मनोनयनको मिति तोकिन्छ,’ सचिवालय स्रोतले लोकान्तरसँग भन्यो, ‘सभामुखको निर्वाचन भने राष्ट्रियसभा निर्वाचनभन्दा पछाडि गर्ने तयारी छ ।’ राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ । 
सभामुखका लागि नेकपाले अग्नि सापकोटाको नाम घोषणा गरिसकेको छ । नेपाली कांग्रेसले भने हालसम्म सभामुखको उम्मेदवारी तय गरेको छैन । 

सभामुख निर्वाचनको केही दिनमै उपसभामुखको निर्वाचन गर्ने सचिवालयको तयारी छ । संसद सचिवालयमा कार्यरत १ महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि ४ महिनादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x