×

NMB BANK
NIC ASIA

नेप्सेमा साढे २६ अंकको गिरावट

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने झण्डै साढे २६ अंकले ओरालो लागेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लगातार उकालो लाग्दै आएको बजार थामिएर सोमवार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमवार २६.५४ विन्दुले घटेर १ हजार ३१७.११ रुपैयाँमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै २ अर्ब रुपैयाँ बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । 


Advertisment
Nabil box
Kumari

नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ । 

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ९२ लाख ९५ हजार ९३६ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भई शीर्षस्थानमा रह्यो । एनसीसी बैंक १३ करोड ३२ लाख १६ हजार ८१७ रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९ करोड ३० लाख २ हजार ११७ रुपैयाँ, प्रभू बैंक ६ करोड ७१ लाख ३८ हजार ३५२ रुपैयाँ, एनआईसी एशिया बैंक ५ करोड ९८ लाख ४८ हजार ९०२ रुपैयाँ, शिवम् सिमेन्ट ५ करोड ८० लाख ३० हजार ९५५ रुपैयाँ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी ५ करोड ४४ लाख ९५ हजार बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए ।

पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x