बिचल्लीमा परेका बालबालिकालाई युवा उद्यमशीलता अभियान धादिङको आर्थिक सहयोग

बुवाको आत्महत्या र आमालाई प्यारालाइसिस भएपछि बिचल्लीमा परेका बालबालिकालाई युवा उद्यमशीलता अभियान धादिङले आर्थिक सहयोग गरेको छ ।

बुवा यमबहादुर थापा मगरको आत्महत्या र आमा लक्ष्मी थापालाई प्यारालाइसिस भएपछि १२ वर्षीया करिना थापा, १० वर्षीय काजी थापा र ७ वर्षीया सोममाया थापा बिचल्लीमा छन् ।


Advertisement

युवा उद्यमशीलता अभियान धादिङले संकलन गरेको ६० हजार २२७ रुपैयाँ स्थानीयको रोहबरमा हस्तान्तरण गरिएको हो ।

उक्त रकम करिनाको उपस्थितिमा स्थानीय मेखबहादुर थापामार्फत हस्तान्तरण गरिएको अभियानका सचिव रवि धमलाले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्