सिप्रदीको दशैंतिहार बम्परमा सहभागी ७६ जनाले जिते विदेश भ्रमणसहित विभिन्न उपहार

टाटा मोटर्स्नेपालका लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले दशैं बम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ ।

टाटा मोटर्सले दशैं–तिहार लक्षित गरेर आफ्ना ग्राहकहरूको लागि विभिन्न आकर्षक पुरस्कारहरू सहित योजना गरेको उक्त लक्की ड्र को यहि माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित उपहार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो ।


Advertisement

बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र कोकार्यक्रम पौष २१ गतेआयोजना गरिएको थियो।

देशैभरबाट कुल १७३२ जना ग्राहकहरूले उक्त लक्की ड्रमा सहभागिता जनाएका थिए, जसमध्ये ७६ जना भाग्यशाली ग्राहकहरूले विभिन्न उपहारहरू तथा विदेश भ्रमणको अवसर प्राप्त गरेका छन् ।


Advertisement

कुल विजेतामध्ये १३ जना ग्राहकहरूले एल.जी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एल.जी को ८ के.जी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ इन्च फोर के इन्टरनेट टीभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् ।

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो ।

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र
इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ ।

इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कर्मर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।

जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरू, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरूमा बिक्रीवितरण गरिन्छ ।

टाटा मोर्टसका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्री वितरणमा सिप्रदी आबद्ध छ ।

देशकै ठूलो र सबैभन्दा प्रतिष्ठितमध्येको एक ब्राण्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ । ३७ बर्षभन्दा लामो समयदेखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ र अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरू तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा व्यवसाय बिस्तार गरिरहेको छ ।

करिब ७५० भन्दा कर्मचारीहरू तथा ६५० सपोर्ट स्टाफहरू ब्राण्ड भ्यालुको समग्र विकाससँगै एउटै साझा उद्देश्य अर्थात गुणस्तरीय सेवाहरू र उत्पादनहरू प्रदान गर्नमा कार्यरत छन्।

सिप्रदी टेड्रिङ्ग प्रा. लि. सन्१९८२ देखि नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनी हो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्