×

NMB BANK
NIC ASIA

पतिको कमाइले स्टाफ नर्स पढेर जागिर पाएपछि ‘हैसियत नमिल्ने’ भन्दै सम्बन्धविच्छेद !

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुरको गाईघाटका रमेश (नाम परिवर्तन) २०७२ सालमा वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गए ।

Muktinath Bank

विदेश जानुअघि रमेशले २०६५ सालमा संखुवासभाकी शोभा (नाम परिवर्तन) सँग प्रेम विवाह गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवाह हुँदा शोभाले ९ कक्षामा पढ्थिन् भने रमेश ११ कक्षामा पढ्दै थिए । रमेशको परिवारले पनि शोभालाई आफ्नै छोरीसरह माया गर्थे ।


Advertisment
Nabil box
Kumari

गाईघाटमा १५–२० विगाहा जमिन भएका रमेशको परिवार सुविधासम्पन्न नै मानिन्थ्यो ।

Vianet communication
Laxmi Bank

परिवारले शोभालाई घरबाटै एसएलसी पढायो, १२ कक्षा पनि पढायो । त्यतिबेलासम्म शोभा र रमेशबाट छोरी जन्मिइन् भने रमेशले स्नातक उत्तीर्ण गरे ।

घरपरिवार राम्रै चलिरहेकाले रमेश गाउँमा नै केही काम गर्ने सोचमा थिए । परिवारले शोभालाई ‘स्टाफ नर्स’ पढाउने निर्णय गर्‍यो ।

रमेशले परिवारको कुरा काट्ने आँट पनि गरेनन् । रमेश विदेश जाने र शोभाले स्टाफ नर्स पढ्ने सल्लाह परिवारमा भयो ।

छोरी जन्मेको ३ वर्षपछि रमेश बहराइन गए । ४ वर्षपछि गत मंसिर २५ गते नेपाल फर्के तर उनको अनुहारमा पहिलेजस्तो चमक छैन । रमेशलाई विदेशबाट आएर घर जानुभन्दा पनि अदालतमा जान हतारो भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै उनी काठमाडौं जिल्ला अदालततर्फ लागे । शोभाले गत वैशाखमा अलग्गै बस्ने भन्दै जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।

उनी सिधै अदालत गए र सम्बन्धविच्छेद गर्ने मिलापत्र गरे । दुवैबीच सम्बन्धविच्छेद हुँदासम्म शोभा सरकारी जागिरे छिन् । रमेश भने छोरी बोकेर घरतर्फ लागेका छन् ।

***

रूपन्देहीका किरण (नाम परिवर्तन) र गुल्मीकी नारायणी (नाम परिवर्तन) को विवाह भएको ६ वर्ष पुग्दा गत मंसिर २४ गते सम्बन्धविच्छेद भयो ।

१८ वर्षको उमेरमा भागी विवाह गरेका दुवैले एकअर्काको कुनै पनि कुरा नमिल्ने भन्दै जिल्ला अदालत रूपन्देहीबाट सम्बन्धविच्छेद गरे ।

१० कक्षामा पढ्दै गरेकी नारायणीलाई किरणले कपडा पसलमा काम गरेर १२ कक्षा पढाए । आफूले एसएलसीपछि पढ्न पाएनन् । उनले नारायणीलाई लोक सेवा आयोगको तयारी कक्षा समेत पढाए ।

पतिपत्नी सँगसँगै भएका बेला नारायणीले लोक सेवाबाट नेपाल सरकारको ५ औं तहमा नाम निकालिन् । उनले नाम निकालेको ४ महिनामै ‘हैसियत नमिल्ने’ भन्दै सम्बन्धविच्छेद गरिन् ।

मागी विवाह गरेका काठमाडौंका रामहरि पंगेनी (नाम परिवर्तन) र नुवाकोटकी अस्मिता रिजाल (नाम परिवर्तन) दुवै जना इन्जिनीयर हुन् । दुवै जनाको घरपरिवारको सल्लाहमा २ वर्षअघि धुमधामले विवाह भयो ।

इन्जिनीयर भएपनि रामहरि कुनै काम गर्दैन्थे, किनकि उनी काठमाडौंमा धनी परिवारका थिए ।

अस्मिता सामान्य परिवारकी भएपनि बुवाको मेहनतले इन्जिनीयरिङ पढेकी थिइन् । उनले काठमाडौंको एउटा कम्पनीमा राम्रै कमाइ गर्दै आएकी थिइन् । 

विवाह गरेदेखि नै पतिपत्नीबीच खासै कुरा नमिल्ने भएकाले खटपट भइरहन्थ्यो ।

परिवारले पनि आफ्नो खानदानमा कसैले पनि काम नगर्ने भएकाले अस्मिताले ‘काम गर्दा नाक काटिने’ भन्दै किचकिच गर्दै आएका थिए तर अस्मिताले काम भने छोडेकी थिइनन् ।

पुस १८ गते उनी छाँगाबाट खसे जस्तै भइन् । रामहरिले अब सँगै नबस्ने भन्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिए । सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि अस्मिता एक्लिएकी छन् ।

काठमाडौंमा मात्रै ३ हजार सम्बन्धविच्छेदको निवेदन

विगत १ वर्षमा काठमाडौं जिल्ला अदालतमा ३ हजार ४५ जनाले सम्बन्धविच्छेदको लागि निवेदन दिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ४५ जनाले सम्बन्धविच्छेदको निवेदन दिएको काठमाडौं जिल्ला अदालतको तथ्यांकले देखाएको छ । १ हजार ६९५ जनाले सम्बन्धविच्छेद गरिसकेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ अर्थात् चालू आर्थिक वर्षको ६ महिनामा १ हजार ४४९ जनाले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका छन् । जसमध्ये १ हजार २१८ जनाले सम्बन्धविच्छेद लिइसकेको जिल्ला अदालत काठमाडौं तथ्यांकले देखाएको छ ।

‘डिभोर्स’ माग्नेमा महिला धेरै !

काठमाडौं जिल्ला अदालतको तथ्यांक अनुसार सम्बन्धविच्छेद माग्दै पुरुषभन्दा महिलाले बढी निवेदन दिने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ असोज महिनामा २२६ निवेदनमध्ये १८७ जना महिलाले सम्बन्धविच्छेदको निवेदन दिएका छन् । कात्तिक महिनामा १९५ जनामध्ये ११० जना महिलाले सम्बन्धविच्छेदको निवेदन दिएका छन् ।

महिला आर्थिक र शैक्षिक क्षेत्रमा सक्षम हुँदा एक्लै बस्न चाहेको अधिवक्ता शोभा कार्कीले बताइन् । ‘महिला अहिले थिचोमिचोमा पर्न चाहँदैनन् । आर्थिकरूपमा सबल भएपछि उनीहरू एक्लै बस्न चाहन्छन्, त्यसैले गर्दा पनि सम्बन्धविच्छेदका निवेदन बढेका हुन्,’ उनले भनिन्, ‘पहिला त उनीहरू सानै उमेरमा बिहे गर्छन् । पछि आफ्नो खुट्टामा उभिएपछि एक्लै बस्न चाहने गरेको देखिन्छ ।’

बर्सेनि सम्बन्धविच्छेद बढ्दो

जिल्ला अदालत काठमाडौंको तथ्यांक अनुसार हरेक वर्ष सम्बन्धविच्छेदको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७१/०७२ मा २ हजार २५६ जनाले सम्बन्धविच्छेदको निवेदन दिएका छन् भने २०७२/०७३ मा १४८ ले बढेर २ हजार २५६ निवेदन परेका छन् । 

आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ४५१ जनाले सम्बन्धविच्छेदको निवेदन दिएका छन् भने आर्थिक वर्ष २०७४/०७५ मा ६७ ले बढेर ३ हजार ५०२ ले निवेदन दिएको अदालतले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x