ट्रकको ठक्करबाट माेटरसाइकल चालकको मृत्यु

कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा माेटरसायकल चालक वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको हाे।


Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको हाे। ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्