कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये २२ किलोमिटरमा आरसीसी ढलानलगायतको संरचना निर्माण कार्य सकिएको जनाएको छ ।
इटालियन ठेकेदार कम्पनी सीएमसीले एकतर्फी रूपमा टाट पल्टेको घोषणा गरेपछि ठप्प मेलम्चीको काम गत मंसिरबाट सुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङको ठेक्का पाएको हो । ‘सुरुङको भित्री संरचनाका काम बाँकी थियो, अब अन्तिम चरणमा छ,’ आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीले भने ।
सुरुङलाई बढी बलियो बनाउन ढलान र पर्खालको संरचना बनाउने काम तीव्र गतिमा भइरहेको उनको दाबी छ । ‘८० प्रतिशत काम सकिएको छ, अब २० प्रतिशत (४ किमि) मात्र बाँकी छ,’ उनले भने, ‘सुरुङको संरचना त तीन महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’
हेडवर्क्सलगायतको काम पनि करिब २० प्रतिशत भइसकेको उनले बताए । ‘सीएमसीले ठेक्का तोडेपछि हेडवर्क्स र सुरुङको काम बाँकी थियो,’ खत्रीले भने, ‘अहिले काम तीव्र गतिमा अघि बढेको छ, ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गरिरहेको छ ।’
तीनवटा भेन्टिलेटर सफ्टमध्ये सुन्दरीजल (४५ मिटर) र ग्यालथुम (१०७ मिटर) निर्माण भइरहेको उनले बताए । तर, सिन्धु (७७ मिटर) भेन्टिलेटर सफ्टको काम बाँकी रहेको जानकारी दिँदै उनले विद्युत् प्राधिकरणसँग निर्माणका लागि अनुरोध गरिएको बताए । ‘भारतीय ठेकेदार कम्पनीले ठेक्का लिएको थियो, सीएमसीले ठेक्का तोडेपछि त्यो पनि आएन, अब विद्युत् प्राधिकरणसँग समन्वय गरेर काम अघि बढाउने कुरा भइरहेको छ, केही दिनमै त्यो पनि निष्कर्षमा पुग्छ ।’ उनले १५ महिनाभित्र मेलम्चीका सबै काम सम्पन्न गर्ने गरी काम अघि बढेको र ठेकेदार तथा आयोजनाका कर्मचारी चौबिसै घण्टा निर्माणस्थलमा खटिएको बताए ।
सुरुङ अबको १० महिनाभित्र र हेडवर्क्सको काम १३ महिनाभित्र सम्पन्न हुने दाबी उनको छ । १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गर्ने समयसीमा तोकिए पनि मेलम्ची खोलामा निर्माण गरिने अस्थायी हेडवर्क्सबाटै सुन्दरीजलसम्म पानी ल्याउने योजना आयोजनाको छ । २६ किमि सुरुङ खन्ने काम सकिए पनि सुरुङको आरसीसी ढलान बाँकी थियो । सिनोले समयसीमा अगावै काम सके बोनससमेत दिइने खत्रीले बताए । ‘१० प्रतिशतसम्म बोनस दिन्छौं,’ खत्रीले भने । आयोजनाका अनुसार सम्झौता भएको मितिदेखि सुरुङ निर्माण सम्पन्न अवघि १२ महिना र हेडवर्क्सको अवधि १५ महिना तोकिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...