माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विराटनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।
भारतीय पक्षले मोरङको बुधनगरमा निर्माण गरेको आईसीपी नेपाललाई हस्तान्तर गरेपछि मंगलबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जनाएको छ ।
संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भएको जानकारी दिए ।
उद्घाटनलगत्तै आईसीपी सञ्चालनमा ल्याइने उनले बताए ।
निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले तोकिएको अवधिभन्दा ७ महिनापछि आईसीपी नर्माण सम्पन्न गरेको हो । दुई वर्ष पहिले आएको बाढीका कारण निर्माणमा अवरोध भएपछि ७ महिना ढिलो गरी सम्पन्न भएको परियोजना व्यवस्थापक अवधेशकुमार साहले जानकारी दिए ।
पूर्वका उद्योग व्यवसायका क्षेत्रमा महत्वपूर्ण परियोजना मानिएको आईसीपी निर्माणले उद्योगी व्यवसायी उत्साहित छन् । तोकिएकै समयभित्र काम सक्न निर्माण कम्पनी रसरकारलाई खबरदारी गर्दै आएका उद्योगी व्यवसायी निर्माण सम्पन्न भएपछि उत्साहित बनेका हुन्।
तर, सञ्चालनमा भइरहेको ढिलासुस्तीले उनीहरू असन्तुष्ट बनेका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले आईसीपी तत्काल सञ्चालनमा आए हाल उद्योगी व्यवसायीले व्यहोर्दै आएको नोक्सानी कम हुने बताए ।
उनले आईसीपी सञ्चालनले आयात निर्यातमा सहजता र लागत न्यूनीकरणसमेत हुने बताए । नेपाल समाचारपत्रमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...