×

NMB BANK
NIC ASIA

विश्व सम्पदा सूचीका ६४ सम्पदा अझै भएनन् पुनर्निर्माण

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२०७२ सालको भूकम्पले ३२ जिल्लाका विश्व सम्पदा क्षेत्रका एक सय ६० सम्पदामा क्षति पुर्‍याएको थियो । तीमध्ये अहिलेसम्म ९६ वटा सम्पदा मात्रै पुनर्निर्माण भएका छन् । विश्व सम्पदा सूचीमा रहेका काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर परिसर, पाटन दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, बौद्धस्तूपा क्षेत्र, स्वयम्भू क्षेत्र र पशुपति मन्दिर क्षेत्रका क्षतिग्रस्त ९६ सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । बाँकी ६४ सम्पदा भने पुनर्निर्माण पूरा हुने टुंगोसमेत छैन ।

Muktinath Bank

वसन्तपुर दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनस्र्थापना तथा तलेजु मन्दिरको पुनर्निर्माण भएको छ । यस्तै, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण र शंकरनारायण मन्दिरको पुनर्निर्माण सकिएको छ । चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अनन्तपुर मन्दिर, आनन्दकुटी महाविहारलगायत सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सकिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्र्थापना भएको छ । मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ । कृष्ण मन्दिरको संरक्षण कार्य गरिएको छ । त्यसैगरी, थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपलगायत पुरातात्विक सम्पदाहरू पुनर्निर्माण भइसकेका छन् । रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित साततले दरबार, गोरखा दरबारलगायत महत्वपूर्ण सम्पदा निर्माणको क्रममा छन् । 


Advertisment
Nabil box
Kumari

बजेट अभावमा सम्पदा पुनर्निर्माण सुस्त
भूकम्पले देशभर क्षति पुर्‍याएका आठ सय ९१ ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदामध्ये अहिलेसम्म तीन सय ८९ सम्पदाको मात्र पुनर्निर्माण भएको छ । हाल एक सय २३ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन् । पर्याप्त बजेट अभाव तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण पुरानै शैलीमा गर्ने नीतिका कारण सम्पदा पुनर्निर्माणको गति सुस्त बनेको हो । भूकम्पको साढे चार वर्ष बितिसक्दा पनि कैयौँं सम्पदाको पुनर्निर्माण योजनासमेत बन्न सकेको छैन । भक्तपुर दरबार हेरचाह कार्यालयका प्रमुख मोहनसिंह लामा बजेट र निर्माण सामग्री अभाव, अनुभव नभएका निर्माण कम्पनीसँग सहकार्य, दक्ष कालीगढ अभावलगायत कारणले ढिलाइ भइरहेको बताउँछन् । ‘विगत वर्षहरूदेखि नै सम्पदा पुनर्निर्माणमा स्रोत सुनिश्चितताको समस्या थियो, यस वर्ष पनि उही समस्या छ, काम थाल्ने भनिएका योजनामा समेत अहिलेसम्म बजेटको टुंगो छैन,’ उनी भन्छन् । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेको भने सबै क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखेर पुनर्निर्माण थालिएको दाबी छ । ‘सम्पदा क्षेत्रको मौलिकता जोगाउनुपर्छ, जुन पायो त्यही निर्माण सामग्री प्रयोग गर्न मिल्दैन,’ घिमिरे भन्छन्, ‘निर्माण सामग्री अभावका कारण केही ढिलाइ भएको हो, प्राथमिकता विभेद गरिएको छैन ।’ प्राधिकरणले सम्पदा पुनर्निर्माणमा अहिलेसम्म दुई अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ । 

क्षतिग्रस्तमध्ये भूकम्प अति प्रभावित १४ जिल्लाका सात सय ५३ वटा छन् भने भूकम्प प्रभावित १७ जिल्लाका एक सय ३८ सम्पदा छन् । सम्पदा पुनर्निर्माणका लागि सरकारलाई चीन, भारत, अमेरिका, स्विट्जरल्यान्ड, श्रीलंका, जापानलगायत देशले पनि सघाएका छन् । काठमाडौंस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टस्ले पनि सहयोग गरेका छन् । 

भ्रमण वर्षलाई असर
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० शुरू भइसकेको छ । तर, पर्यटकको मुख्य आकर्षणमध्येका सांस्कृतिक तथा पुरातात्विक सम्पदा क्षेत्र भने पुनर्निर्माणकै क्रममा छन् । यसको प्रत्यक्ष प्रभाव भ्रमण वर्षमा पर्ने देखिन्छ । सात विश्व सम्पदा क्षेत्रमा अझै ६४ सम्पदा निर्माण हुन बाँकी छन् । ती सम्पदा र सम्पदासँगै जोडिएको संस्कृति हेर्र्न÷अध्ययन गर्न आउने पर्यटक भत्किएका संरचना हेरेर निराश भएर फर्किने गरेका छन् । तर, ती क्षति भएका सम्पदा हेर्न पाउनु झन् ठूलो अवसर हो भनेर प्रचार गरे पर्यटक झन् बढ्ने पुरातत्व अधिकृत भीष्म बाँस्कोटाको भनाइ छ । 

‘सम्पदा पुनर्निर्माणलाई नजिकबाट नियाल्न पाउनु पनि ठूलो अवसर हो,’ बाँस्कोटा उदाहरण दिँदै भन्छन्, ‘पहिले भाइटीकाको दिन मात्र रानीपोखरी खोलिन्थ्यो, अहिले त्यहाँ बनाउने काम भइरहेको छ ।’ 

 दाताको अनावश्यक सर्तले १९९ सम्पदा पुनर्निर्माणमा अन्योल
चालू आर्थिक वर्षबाट पुनर्निर्माण शुरू गर्ने योजना बनेका एक सय ९९ सम्पदाको पुनर्निर्माण अन्योलमा परेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा पुरातत्व विभागमार्फत ती सम्पदा चालू आर्थिक वर्षबाटै पुनर्निर्माण शुरू गर्ने योजना बनाएको थियो । तर, पुरातात्विक सम्पदा पुनर्निर्माणमा एक्जिम बैंकका सर्त पूरा नहुने भएपछि आर्थिक वर्ष शुरू भएको पाँच महिना बितिसक्दासमेत ती सम्पदाको पुनर्निर्माण शुरू भएको छैन । 

बजेट स्रोतको सुनिश्चितता नहुँदा योजना बने पनि ती सम्पदाको पुनर्निर्माण शुरू हुन नसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । भारतीय ऋण सहयोग लिँदा भारतीय निर्माण कम्पनी (ठेकेदार) नै हुनुपर्ने र त्यसमा लाग्ने ५० प्रतिशतभन्दा बढी निर्माण सामग्री पनि भारतकै हुनुपर्ने सर्त छ, जुन सम्पदा पुनर्निर्माणमा असम्भव छ । ‘सम्पदा हाम्रा सम्पत्ति हुन्, पुनर्निर्माणमा उपयोग हुने सामग्री पनि यहीँका मात्रै प्रयोग हुन्छन्, त्यसैले एक्जिम बैंकको ऋण सहयोगमा सम्पदा पुनर्निर्माण हुन सकेन,’ विभागको योजना शाखाकी अधिकृत मञ्जु भण्डारीले भनिन् । प्राधिकरणले २६ जिल्लाका एक सय ९९ वटा सम्पदा पुनर्निर्माणमा एक अर्ब ९१ करोड २३ लाख रुपैयाँको योजना बनाएको थियो । तर, चालू आर्थिक वर्षबाटै हुने वा नहुनेबारे बजेटको सुनिश्चितता भइसकेको छैन ।

विभागका अनुसार सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत पुनर्निर्माण प्राधिकरणले निर्माण गर्ने गरी सम्पदा पुनर्निर्माणमा समेत एक्जिम बैंकको सहयोग लिने निर्णय भएको थियो । तर, पटक–पटक छलफल गर्दा पनि नीतिगत सहमति नभएपछि सरकारले सम्पदा पुनर्निर्माणमा छुट्याएको बजेट अन्यत्रै खर्च गर्न लागेको छ । 

अन्योलमा परेका योजनामध्ये सबैभन्दा धेरै काठमाडौंका ४५, भक्तपुरका ३५, ललितपुरका २१ र गोरखाका १९ वटा छन् । यस्तै, काभ्रेका १७, नुवाकोटका १२, रामेछापका ११, सिन्धुपाल्चोकका ७, दोलखा, सिन्धुली र गुल्मीका ४/४, धादिङ, मकवानपुर र अर्घाखाँचीका ३/३, कास्की, लमजुङ, धनकुटा, भोजपुर, ओखलढुंगा र पर्वतका २/२ वटा र बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, तनहुँ र खोटाङका १÷१ वटा सम्पदा पुनर्निर्माण शुरू गर्ने योजना अन्योलमा परेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x