×

NMB BANK
NIC ASIA

सिक्स प्याक बनाउन अपनाउनुस् यी ६ टिप्स

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अजय महर्जन
फिटनेस इन्स्ट्रक्टर
बानुज टोटल फिटनेस

Muktinath Bank

युवापुस्तामा शारीरिक सुगठनप्रतिको मोह बढ्दो छ, फिटनेस सेन्टर धाउने धेरैको रहर सिक्स प्याक एब्स बनाउने हुन्छ । तर, सिक्स प्याक बनाउन सजिलो छैन । यसका लागी खानपानमा उच्च सतर्कता र कडा व्यायाम जरुरी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्डियो एक्सरसाइज
सिक्स प्याक एब्स बनाउन कार्डियो भास्कुलर एकदमै महत्वपूर्ण हुन्छ । नियमित कार्डियो एक्सरसाइज गर्दा एकदमै छोटो समयमा पेटको बोसो घटेर जान्छ । सिक्स प्याक बनाउन प्रत्येक दिन २० देखि ४० मिनेट वा हप्तामा एक सय ५० देखि ३ सय मिनेटसम्म कार्डियो गर्नुपर्छ । कार्डियो व्यायाम सहज बनाउन दौड, स्विमिङ, साइक्लिङ आदि आफूलाई मनपर्ने खेल खेल्न पनि सकिन्छ । 


Advertisment
Nabil box
Kumari

मांसपेशीको व्यायाम
व्यायाम गर्दा शरीरका मांसपेशी बलियो हुन्छन् । यसका लागि क्रन्च, लङ आर्म क्रन्च, रिर्जब क्रन्च आदि एक्सरसाइज गर्न सकिन्छ । यसले सम्पूर्ण मांसपेशी बढाउनुका साथै बलियो बनाउँछ । तर, यसका लागि नियमित डाइट र कार्डियो एक्सरसाइज आवश्यक हुन्छ । 

Vianet communication
Laxmi Bank

उच्च प्रोटिन
उच्च प्रोटिनयुक्त खानाको सेवन मोटोपना घटाउन एकदमै सजिलो हुन्छ । प्रोटिनले क्यालोरी सेवन कम गर्न मद्दत गर्छ, यसले भोक कम लाग्ने भएकाले स्वतः खानामा कमी आउँछ । त्यस्तै, एक्सरसाइजको समयमा मांसपेशी बलियो बनाउने भएकाले हड्डीमा समस्या आउँदैन ।

अध्ययनअनुसार एक वयस्कले २० मिनेटको दरले हप्तामा तीनचोटि हाई इन्टन्सिटी ट्रेनिङ गरेमा ४ दशमलव ४ पाउन्ड तौल घटाउन सक्छ । 

हाई–इन्टेन्सिटी इन्टर्भल ट्रेनिङ
उच्च तीव्रता अन्तराल प्रशिक्षण विषेश व्यायाम हो, यसमबाट छोटो समयमै धेरै तौल घटाउन सकिन्छ । तर, एकदमै धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । अध्ययनअनुसार एक वयस्कले २० मिनेटका दरले हप्तामा तीनचोटि हाई इन्टन्सिटी ट्रेनिङ गरेमा ४ दशमलव ४ पाउन्ड तौल घट्न सक्छ । 

प्रशस्त पानी
प्रशस्त पानी स्वास्थ्यका अति आवश्यक छ । शरीरमा भएका विकारयुक्त वस्तुहरू बाहिर ल्याउनुका साथै शरीरको तापक्रम नियन्त्रण गर्न पनि पानीले मुख्य भूमिका खेलिरहेको हुन्छ । यसका साथै पाचन प्रक्रिया र रक्तसञ्चारका लागी पनि शरीरमा पानीको मात्रा उचित हुनु जरुरी हुन्छ । सामान्यतया एक्सरसाइजको समयमा शरीरबाट पसिनाको माध्यमबाट पानी बाहिर निस्कने भएकाले पानीको मात्रा कम हुन्छ । जसको कारण स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ । तसर्थ, व्यायामको दौरान प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ । 

प्रशोधन गरिएका खानेकुरा नखाने
बजारमा पाइने ड्राई फुड अर्थात् प्रशोधन गरिएका खानेकुरा खानुहुँदैन । यस्ता खानेकुरामा पौष्टिक तत्व निकै कम हुने भएकाले शरीरलाई चाहिने आवश्यक तत्वमा कमी आउँछ ।  प्रोटिन, खनिज र भिटामिनयुक्त खानेकुरा सेवनमा जोड दिनुपर्छ । सामान्य अवस्थाभन्दा व्यायाम गरिरहेको समयमा उच्च पौष्टिक खानेकुराको आवश्यकता पर्छ । यसले शरीर सुगठित हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ । त्यस्तै, शरीरका लागि पर्याप्त आराम पनि जरुरी हुन्छ, नियमित व्यायाम गर्नेले समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ । सामान्यतया हाम्रो शरीरलाई ७ देखि ९ घन्टासम्मको निद्रा आवश्यक पर्छ ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x