मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिकाको इतिहासमा तेस्रोपटक बहालवाला राष्ट्रपति विरुद्ध महाअभियोग लागेको छ र मंगलवारदेखि त्यसको पुर्पक्ष हुँदैछ ।
सिद्धान्ततः यस पुर्पक्षले राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदमुक्त गराउन सक्छ । उनी पदमुक्त भए भने त्यो निकै आश्चर्यजनक हुनेछ ।
ट्रम्पलाई दुईवटा विषयमा महाअभियोग लगाइँदैछ ।
पहिलो, उनले दोस्रो कार्यकालका लागि चुनाव जित्न युक्रेन सरकारको सहयोग लिएको आरोप छ । उनले युक्रेनलाई दिइने लाखौं डलर सहायता रकम रोकेको र युक्रेनी राष्ट्रपतिसँग ह्वाइट हाउसमा हुने भनिएको बैठक लट्काएर राखेको आरोप छ ।
सहायता रकम निकासा गर्नका लागि उनले युक्रेनलाई डेमोक्रेटिक पार्टीका नेता जो बाइडनविरुद्ध अनुसन्धान गराउने शर्त राखेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
दोस्रो, ह्वाइट हाउसले पोहोर साल पहिलो महाअभियोग सुनुवाइमा आफ्ना कर्मचारीलाई बयान दिन अनुमति नदिएको आरोप छ । विपक्षी डेमोक्रेटहरूले ट्रम्पविरुद्ध कांग्रेसको काममा अवरोध गरेको आरोप लगाएका छन् ।
ट्रम्पले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् र उनको कानूनी सल्लाहकार टोलीले प्रमाणविहीन आरोप लगाउनु संविधानको खतरनाक उल्लंघन भएको बताएका छन् ।
अहिलेको महाअभियोग प्रस्तावको सम्बन्ध यसअघि भएको स्पेसल काउन्सेलले गरेको अनुसन्धानसँग छैन । त्यस अनुसन्धानमा ट्रम्पको चुनावी अभियानको सम्बन्ध रुससँग रहेको कुरालाई हेरिएको थियो । तर त्यस अनुसन्धानले ट्रम्पविरुद्ध कुनै कारवाहीको सिफारिश गरेन ।
सिनेटमा चल्ने महाअभियोग छलफलमा सिनेटरहरूले हाउस अफ रिप्रेजेन्टेटिभ्सका अभियोजनकर्ता र ह्वाइट हाउसका वकिलहरूका साथसाथै प्रत्यक्षदर्शीहरूको तर्क सुन्नेछन् । त्यसपछि सिनेटरहरूलाई विचार गर्न पूरा एक दिन दिइनेछ । अनि उनीहरूले ट्रम्पविरुद्ध महाअभियोग लगाउने कि नलगाउने भन्ने विषयमा मतदान गर्नेछन् ।
सिनेटमा १०० सीट छन् र महाअभियोग पारित गर्न ६७ मत आवश्यक हुन्छन् । तर विपक्षी डेमोक्रेट जम्मा ४७ छन् भने ५३ जना रिपब्लिकन छन् । त्यसैले ट्रम्पविरुद्ध महाअभियोग पारित हुने सम्भावना खासै देखिँदैन ।
कथंकदाचित् ट्रम्प दोषी ठहर भएछन् भने उनलाई पदच्युत गरिनेछ र उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपति बनाइनेछ ।
सिनेटको सामान्य बहुमत अर्थात् ५१ भोट मात्रले पनि यो पुर्पक्षलाई अन्त्य गराउन सक्छ ।
बीबीसीबाट
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...