×

NMB BANK
NIC ASIA

नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन : औषधि किन्न सुनौली जाने भनेर एक महिला बोर्डरमा पुगेपछि ...

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपुछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् । 

Sagarmatha Cement
Muktinath Bank

सीमानाकामा प्रहरी तथा सङ्घसंस्थाका पदाधिकारीले सोधपुछ गरे खोकीको औषधि किन्न सुनौली जान लागेको भनी झुटो बोल्न दलालले सिकाए अनुसार आफू रुपन्देहीमै बस्ने र सुनौलीमा औषधि सस्तोमा पाइने भएकाले किन्न जान लागेको बताइन् । माइती नेपालका कर्मचारीले उनलाई धेरैबेर लगाएर सोधपुछ गरेपछि आफ्नो इलाम घर भएको र रोजगारीका लागि विदेश जान लागेको भेद खुलाइन् । पछि उनलाई माइती नेपालले परिवारको जिम्मा लगायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन महिना अगाडि रुपन्देहीको धकधइका दुई किशोरीलाई दुइ महिलासँग रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गर्दा भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा रोक्यो । सोधपुछका क्रममा आफूहरु आमा छोरी भनेर बताए पनि पटक पटक कुरा फेरेपछि उनीहरुलाई माइती नेपाल भैरहवाको जिम्मा लगाइएको थियो ।


Advertisment
Nabil box
Kumari

पछि सोधपुछ गर्दै जाँदा रुपन्देहीको कञ्चन गाउँपालिकाका दुई महिलाले धेरै धन कमाउने प्रलोभन देखाई कक्षा ८ पढ्ने र अर्की एसइई दिएर बसेकीे किशोरीलाई भारत लैजान लागेको थाहा भयो । भारतमा झारफुक गरे प्रशस्त पैसा झर्छ भनी ललाइफकाई लैजान लागेको अवस्थामा प्रहरीले उद्धार गरेपछि उनीहरु बेचिनबाट बचे ।

Vianet communication
Laxmi Bank

बेचबिखनका लागि लैजाने दुई महिला अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियन्त्रणमा छन् । उनीहरूविरूद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलिरहेको छ ।

गत कात्तिक १५ गते भारतको मुम्बईबाट २२ वर्षीया महिलालाई दुई वर्षीया छोरीसँगै उद्धार गरियो । चितवनको भरतपुर घर भएकी तिनले विगत तीन वर्षदेखि मुम्बईमा देहव्यापारमा गर्दैआएकी थिइन् ।

भारतीयसँग विवाह गरेकी उनलाई जबर्जस्ती श्रीमान्ले देहव्यापारमा लगाएका थिए । विभिन्न सङ्घसंस्था र भारतीय प्रहरीको सहयोगमा माइती नेपालको सम्पर्कमा आएपछि सोधपुछ गर्दा आफ्नै श्रीमान्ले भारत लगेर देह व्यापारका लागि बाध्य बनाएको तथ्य खुल्यो । 

छोटो समयमै प्रशस्त धन कमाउने प्रलोभनमा फस्दा विभिन्न जिल्लाका महिला तथा किशोरीहरु भारतमा बेचिन पुगेका छन्, यो क्रम रोक्न सकिएको छैन ।

माइती नेपालका संयोजक माया क्षेत्री भन्छिन् – “रोजगारीमा जाने महिलालाई दलालले लिएर आउँदैनन् । होटलमा सम्पर्क गर्छन् । काठमाडौँ बोलाउँछन् । एक–ढेड महिना कोठामा राख्छन् । अब नेपालको बाटो जान पाइएन भारतबाट जानुपर्छ भनेर भारतमा लगेर बेच्छन् ।” उनले खुल्ला सिमानाका कारण नेपालका महिलाहरु सजिलै भारत पुग्ने गरेको बताइन् ।

माइती नेपाल भैरहवाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सीमा क्षेत्रबाट ८१ जना र भारतका विभिन्न स्थानबाट सात जनाको उद्धार गरिएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा २८९ जनालाई सीमा क्षेत्र र ३५ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको थियो । आव २०७३/७४ मा सीमा क्षेत्रबाट २५० जना र भारतबाट नौ जनाको उद्धार गरिएको छ । यस्तै, आव २०७४/७५ मा सीमा क्षेत्रबाट २७२ जना  र भारतबाट १० जनाको उद्धार गरिएको छ ।  आव २०७५/७६ मा भारतीय क्षेत्रबाट उद्धार गरिएकाको सङ्ख्या ५० रहेको छ भने सीमा क्षेत्रबाट २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।

भारत जान सीमानाकासम्म आउने महिला तथा किशोरीको साथमा केही हुँदैन । कागजपत्र र कपडा समेत दलालको नियन्त्रणमा हुने गरेको संयोजक क्षेत्रीको अनुभव छ ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कको आधारमा नेपालमा वार्षिक २०० देखि ३०० को सङ्ख्यामा मानव बेचबिखनको उजुरी पर्ने गरेको छ  । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा एक वर्षमा झण्डै १४ हजार मानिस हराउने र केवल ४७ प्रतिशत मात्र फेला पर्ने गरेको देखिन्छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील नागरिक सङ्गठनहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार सीमा निरीक्षण तथा अनुगमनका क्रममा मात्र शङ्का लागि १० हजार भन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार दुई हजार १०४ जनालाई सीमा नाकाबाट फर्काइएको छ । नेपाल सरकारकै नेतृत्वमा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागिएका ३०० भन्दा बढी ब्यक्तिलाई उद्दार गरिएको छ ।  

प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ९० र आव २०७५/७६ मा ४९ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । यो वर्ष १५ वटा मुद्दा दर्ता भइसकेका छन् जसमध्ये रुपन्देहीका धेरै छन् । खुल्ला सिमानाका भएका कारण यसो भएको बुझिन्छ ।  

मूलतः यौन बजार, बाध्यकारी कृषि श्रम, घरेलु कामदार तथा भारत हुँदै तेस्रो मुलुक लैजानका लागि महिला बेचबिखन हुने गरेको प्रहरी कार्यालय दाङका प्रवक्ता पोखरेलले बबताए  । “ग्रामीण भेगका सामान्य लेखपढ गरेका महिलाहरु दुःख नगरी पैसा कमाउन सकिन्छ भन्ने प्रलोभनमा फस्छन् र बेचबिखनमा पर्छन्,” उनले भने ।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्राप्त तथ्याङ्क अनुसार अघिल्लो आवमा मानव बेचबिखन विरुद्धको उजुरी ३०५ रहेको थियो । आव २०७४/७५ र २०७५/७६ को असार  मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने प्रदेश नं ५ मा सबैभन्दा बढी १२२ वटा उजुरी परेको देखिन्छ ।

मानव बेचबिखन विरुद्धका उजुरीहरुको विगत पाँच वर्षका तथ्याङ्कलाई केलाउने हो भने कुल पीडित एक हजार ४८९ मध्ये सबैभन्दा धेरै ६४० (४२.९८ प्रतिशत) जनालाई लोभ लालसा देखाएर र ५०२ (३३.७१ प्रतिशत) जनालाई ललाइफकाई  बेचबिखन गरिएको पाइएको छ । मानव बेचबिखनका तरीकाहरुमा नक्कली विवाह (३.१६ प्रतिशत), रोजगारी (३.९० प्रतिशत ),  विदेश घुम्ने  र बहानामा (२.३५ प्रतिशत) रहेको देखिन्छ  ।

हतियारपछि मानव तस्करी नै विश्वको सबैभन्दा बढी नाफामूलक ब्यवसायको रुपमा रहेको छ  । मानव बेचबिखन व्यक्तिविरुद्ध हुने एक अपराध मात्र नभई यो मानव अधिकार र मानव मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर हनन पनि हो । मानव बेचबिखनको सवाललाई राज्यको दायित्वसहित मानव अधिकारमुखी दृष्टिकोणबाट सम्बोधन गरिनु पदर्छ भन्छन्, मानव अधिकार आयोग प्रदेश नं ५ का उपनिर्देशक पवन भट्ट । 

उनले भने – “फौजदारी अपराधसँग सम्बन्धित विषयहरु सङ्घीय र प्रदेश सरकारका साझा अधिकारको सूचीभित्र रहेको भए पनि यस विषयमा सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले गर्ने कार्यक्रम तथा अधिकार क्षेत्र स्पष्ट किटिएको छैन । त्यसो भएर प्रदेश सरकार तथा स्थानीय सरकारहरुले यस विषयमा कार्य गर्न सकेका छैनन् ।” 

स्थानीय तह सञ्चालन ऐनले मानव बेचबिखनको अन्त्य गर्ने कार्य गर्न वडा समितिलाई जिम्मेवार बनाएको छ  । यद्यपि त्यसअनुरुप स्थानीय तहका सरकारहरुले कार्यक्रमहरु सञ्चालन गरेको पाइँदैन ।  

रुपन्देहीमा माइती नेपाल सहित साना हात, थ्री एन्जल्स, एबिसी नेपाल, आफन्त नेपाल र शुभ अवसर ग्रामले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा काम गर्छन् ।

यी मध्ये चार वटा संस्थाले नेपाल भारत सीमा क्षेत्र बेलहियामा निगरानी गरिआएका छन् । रुपन्देहीमा बेलहियासहित कक्रहवा, भगवानपुरलगायत दर्जनौं सीमानाका छन् ।

सबै संस्थाहरुले एकै ठाउँमा बसेर निगरानी गर्दा मानव तस्करहरुले अन्य नाका प्रयोग गर्ने गरेको पाइएको छ ।  

नेपालभित्रै हुने मानव बेचबिखन नीतिगत र नियामक निकायको दृष्टिमा पर्न नसक्दा हजारौं महिला तथा बालबालिका नेपालभित्रै भइरहेको मानव बेचबिखनको शिकार भइरहेका छन् । यो धन्दाका हाँगाहरु डान्सबार, दोहोरी, डिस्कोसम्म फैलिएका छन् । 

नेपालको संविधान २०७२ ले मानव बेचबिखनलाई एक गम्भीर अपराधको रुपमा पहिचान गर्दै यस विरुद्धका प्रावधानहरुलाई मौलिक हक तथा राज्यका नीति अन्तर्गत राखिएका छन् ।

यद्यपि विद्यमान ऐनले मानव बेचबिखनका समग्र सवालहरुलाई अधिकारमुखी ढङ्गले सम्बोधन गर्न सकेको देखिँदैन । निरा गौतम/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x