नेपालमा आठ भारतीय पर्यटकको मृत्युका विषयमा जयशंकरले गरे दुःख प्रकट

दामनको एक रिसोर्टमा आठजना भारतीय पर्यटकको मृत्यु भएको विषयमा भारतका परराष्ट्रमन्त्री एस जयशंकरले दुःख प्रकट गरेका छन् ।

मंगलवार आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ट्वीट गर्दै उनले भारतीयहरूको मृत्युले चिन्तित तुल्याएको र नेपालस्थित भारतीय दूतावासले घटनाक्रमलाई नजिकैबाट नियालिरहेको जानकारी दिए । 


Advertisement

‘दूतावासका कर्मचारीहरू अस्पतालमा छन् र आवश्यक सहयोग दिइरहेका छन् । मृतक परिवारप्रति हाम्रो समवेदना छ,’ उनले लेखे ।

 


Advertisement

पोखराबाट दामन आएर एभरेस्ट पानोरामा रिजोर्टमा बसेका आठ भारतीय पर्यटकको मृत्यु भएको हो । 

त्यसैबीच केरलाका मुख्यमन्त्री पिनारायी विजयनले नेपाल घुम्न आएका आठ मलयाली पर्यटकको मृत्युमा समवेदना प्रकट गरेका छन् ।

केरलाको मुख्यमन्त्री कार्यालयले एक ट्वीट गर्दै मुख्यमन्त्रीले समवेदना प्रकट गरेको र मृतकको शरीरलाई केरला ल्याउनका लागि प्रयास थालेको जानकारी दियो । 

‘मुख्यमन्त्रीको निर्देशनमा नोर्का अधिकारीहरूले मृतकको भौतिक अवशेष घर फर्काउनका लागि कदम चालेका छन् ।’
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्