७५३ वटै स्थानीय तहमा 'वास प्लान' बनाउने सरकारकाे तयारी

संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहसंग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान ) निर्माण गर्ने भएको छ। 

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रममा  देशै भरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइयो । 


Advertisement

खानेपानी मन्त्री विना मगरले खानेपानी र सरसफाइको क्षेत्रमा प्रत्येक स्थानीय तहको पूर्ण आकारको गुरु योजना बनाउन मन्त्रालयले चाहिरहेको स्पष्ट पारिन्।

'हामीले देशै भरिको गुरु योजना बनाउन चाहिरहेका छौं,' उनले भनिन्,'स्थानीय तहको मास्टर प्लान बनाउन खोजिरहेका छौं। मास्टर प्लान तयार भैसके पछि त्यही गतिमा काम गर्नेछौं। सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती छ। त्यसका लागि पनि वास प्लान चाहिएको हो।'


Advertisement

 प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईले संविधानमा उल्लेखित खानेपानी र सरसफाइमा जनताको पहुँच पु-याउने मौलिक हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा तर्फ प्रदेश सरकार अघि बढिरहेको बताउँदै तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा मात्र यो सम्भव रहेको स्पष्ट पारे।

'खानेपानी मन्त्रालयले ल्याएको वास प्लान एक महत्त्वपूर्ण उपलब्धि हो,' उनले भने, 'डिजिटल प्रविधिको माध्यमबाट खानेपानी र सरसफाइको बारेमा सम्पूर्ण सूचना जानकारी दिने जुन सफ्टवेयर प्रविधि मन्त्रालयले तयार ग-यो यसलाई अघि बढाउन हाम्रो पूर्ण प्रतिबद्धता छ । प्रदेश १ सरकारले प्रभावकारी ढंगले यसको कार्यान्वयन गर्नेछ ।' 

स्थानीय तहहरुबाट तर्जुमा गरिने वास प्लानहरुमा एकरूपता कायम रहोस् भन्ने उदेश्यले सो कार्यमा सहयोग तथा समन्वय गर्नका लागि वास प्लान निर्देशिका समेत  तयार गरिएको कार्यक्रममा जानकारी गराइयो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्