×

NMB BANK
NIC ASIA

दुर्घटना गराएका चार सवारी चालक कारागार चलान

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला अदालत कास्कीले  सवारीसाधन चलाउने क्रममा विभिन्न कारण दुर्घटना गराएका चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे छ।

Muktinath Bank

अदालतले सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेका र गाडीको ढोका खुल्ला राख्दा दुर्घटना गराई मानवीय क्षति पु-याएको अभियोगमा चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गर्न भनेकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने किशोर भण्डारी र कृष्ण विश्वकर्मा, ढोका खुला राखी गाडी चलाउने रविन राई एवम् मापसे गरी सवारीसाधान चलाई दुर्घटना गराउने सुजन विकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

 उनका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा कार दुर्घटनाका कारण पोखरा–११ फूलबारी बस्ने २२ वर्षीय रेक्स आलेको मृत्यु भएको थियो। सवारी अनुमतिपत्र बिना कार चलाउने दाङ तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय किशोर भण्डारीले चलाएको ग१च ९६९९ नंको कारले ठक्कर दिँदा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ।

Vianet communication
Laxmi Bank

त्यसैगरी अनुमतिपत्र बिना मोटरसाइकल चलाएर सवारी दुर्घटना गराएको अभियोगमा पोखरा– २६ अर्घौंचोक बस्ने २७ वर्षीय कृष्ण विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–३० शिशुवाचोकस्थित भित्री सडकबाट डाँडाकोनाकतर्पm जाँदै गरेको ना४५प ५६९४ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ८१ वर्षीय भानुभक्त तिवारीको मुत्यु भएको प्रहरीले जनाएको छ । बालोदय उच्च माविकोे ग१क २४९९ नंको बसका चालक सुनसरी धरान नगरपालिका–१९ घर भएका ४३ वर्षीय रबिन राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–१७ राममन्दिर नजीकै ढोका बन्द नगरी चलाएको बसबाट अचानक खस्दा पोखरा–१७ विरौटा निवासी २६ वर्षीय सरिता पौडेल सुवेदीको सोही बसको पछिल्लो चक्काले कुल्चियर मृत्यु भएको थियो । पुर्पक्षका लागि कारागार चलाउन हुनेमा मापसे गरी अनियन्त्रित तथा लापरवाहीपूर्ण तरिकाले चलाइएको ग१७प ३५४७ नंको स्कुटरका चालक  २५ वर्षीय सुजन विक रहेका छन्।

पोखराको पृथ्वीचोक सडकखण्डमा भएको स्कुटरको ठक्करबाट पोखरा– ९ नयाँबजारका ४२ वर्षीय अमृत घिमिरे घाइते भएका थिए। सवारी दुर्घटना गराई भागेका चालक विकलाई पक्राउ गरी अङ्गभङ्ग शीर्षकमा मुद्दा दर्ता गरिएको प्रवक्ता केसीले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x