चार जना फरार प्रतिवादी पक्राउ

सप्तरी प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

लुटपिट मुद्दामा फरार रहेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका तनुकलाक मण्डल, चन्देश्वर मण्डल, सोनावति अमात र सहेन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले जानकारी दिए।


Advertisement

 इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलीले फरार अभियुक्तको सूचीमा रहेकालाई पक्राउ गरी सप्तरी जिल्ला अदालत बुझाएको हो ।  

सप्तरी प्रहरीको तथ्याङ्कअनुसार पुस महिनामा मात्र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ३८ प्रतिवादीलाई पक्राउ गरेको थियो ।


Advertisement

गत एक महिनामा फैसला कार्यान्वयन क्रममा पक्राउ परेका ३१ र अनुसन्धानका क्रममा फरार रही पक्राउ परेका सात गरी ३८ फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए। प्रहरीका अनुसार साउनदेखि मङ्सिरमा २३ पक्राउ परेका छन् । चालू आर्थिक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ६५ प्रतिवादी पक्राउ परेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्