साउदीमा ज्यान गुमाएका जर्घाको शव नेपाल ल्याउन परिवारलाई समस्या

साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव स्वदेशी ल्याउन समस्या भएको छ। 

पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरका २२ वर्षीय मोहन जर्घाको शव अहिलेसम्म पनि घर ल्याउन नसकिएको परिवारले जनाएको छ।


Advertisement

काम सकेर साइकलमा कोठातर्फ फर्कंदै गर्दा कारको ठक्करबाट गत पुस २३ गते ज्यान गुमाएका जर्घाको शव अहिलेसम्म पनि घरमा ल्याउन नसकिएको मृतकका दाजु कृष्ण जर्घाले गुनासो गरे। 

आफूले चिनेजानेका र सहयोग गर्नेखालको कोही नभेटिएकाले शव कसरी ल्याउने थाहा नभएको कृष्णको भनाइ छ।


Advertisement

उनले भने, ‘भाइको मृत्युको खबर सुनेलगत्तै मलेसिया पुगेको २७ दिनमै घर आए, घरमा आउँदा आमाको अवस्था बेहाल छ, भाइको शव कसरी झिकाउने प्रक्रिया केही थाहा छैन्, अलपत्र छौँ।’

मोहन कामको सिलसिलामा काठमाडौँको सिनामङ्गलमा रहेको फजल इन्टरनेशनल प्रालिमार्फत साउदी अरबको रियाद पुगेका थिए। २२ वर्षीय मोहनको नेपालबाट विदेश पुगेको २२ दिनमै ज्यान गएको थियो। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्