×

NMB BANK
NIC ASIA

एनआइसी एशिया बैंकले एएमएल/सीएफटी सोलुसन खरिद गर्ने

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एनआइसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रा. लि. नेपालकाबीच इण्ड टु इण्ड एएमएल/सीएफटी सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ । 

Muktinath Bank

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी लि.का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजि प्रा. लि. का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रा. लि. ले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इण्ड टु इण्ड एएमएल उपलब्ध गराउने र इण्ड टु इण्ड एएमएल/सीएफटी सोलुसन कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरू (जस्तै फाइनान्सीअल एक्सन टास्क फोर्स (एफएटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एजीपी) आदि) ले तोकेको मापदण्डहरू प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । 


Advertisment
Nabil box
Kumari

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरूले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको बैंकले जनाएको छ  ।

Vianet communication
Laxmi Bank

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डेभिस र फोटो खिच्नको लागि क्यामेरा जडान सहितको सुविधा उपलब्ध रहेको छ ।

यस प्रविधि मार्फत ग्राहक अनबोर्डिङ गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल/सीएफटी र केवाइसी व्यवस्थापन कार्यलाई थप टेवा पुर्‍याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरूमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ ।

नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरूले बैंकको वेभ साइटमा रहेको इ–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको छ । साथै, ग्राहक महानुभावहरूलाई यस बैंकको वेभ साइटमा रहेको इ–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्नुहुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x