ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा

ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ६ जि. वि. स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २६७ पुगेको छ ।


Advertisement

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 
बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्