पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
प्रदेश नं. २ मा विकास योजना सम्पन्नको रकम भुक्तानी र विनियोजन गरिएको रकम निकासा नहुँदा अवस्था बेहाल छ ।
प्रदेश सरकारले योजना सम्पन्नको रकम भुक्तानी नगरेका कारण उपभोक्तादेखि मन्त्रीसम्म मारमा परेका छन् भने सरकारले प्रदेशमा विनियोजन गरेको रकम निकासाको पहल नगरेका कारण प्राविधिक अन्योलमा परेका छन् ।
योजना सम्पन्नको रकम नभएको भुक्तानीका मारमा उपभोक्ता समितिका पदाधिकारीदेखि मन्त्रीसम्म परेका छन् भने विनियोजित रकम निकासा नभई प्राविधिक ऊहापोहको स्थितिमा छन् ।
नेपाल तराई इञ्जिनियर्स समाज प्रदेश नं २ द्वारा मङ्गलबार यहाँ आयोजित ‘प्रादेशिक विद्यमान समस्या समाधानका प्राविधिक उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा योजना सम्पन्नको रकम भुक्तानीका बारेमा वस्तुगत अध्ययनका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठन गरिएको समितिले योजना सम्पनको स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिँदा पनि रकम निकासाबारे कुनै पहल नभएको स्थिति रहेको बताइयो ।
सोबारेमा कुनै पहल नभएपछि उपभोक्ता समितिका पदाधिकारीले समस्या ध्यानाकर्षणका लागि सभा घेराउ गर्दा तनावको स्थिति उत्पन्न भई पाँच महिनादेखि प्रदेशसभा अवरुद्ध अवस्थामा छ । पाँच महिनाको अवधिमा एक दुई पटक सञ्चालन गर्ने प्रयास गरिए पनि सरकारी उदासीनताका कारण सभामा विवाद उत्पन्न भई सभा सञ्चालनको विषय अनिश्चित बनेको छ ।
उपभोक्ता समितिका कतिपय पदाधिकारीले बैंकबाट ऋण लिई योजना कार्य सम्पन्न गरेको र बैंंकको ऋण समयमा तिर्न नसक्दा घर लिलाम हुने स्थितिसमेत सिर्जना भएको बताइएको छ । सभामुख यादवको योजना सम्पन्नको स्थलगत प्रतिवेदन अनुसार रु ८७ करोड भुक्तानी गर्न बाँकी छ । सम्पन्न कार्यको भुक्तानी नहु्नुमा प्राविधिक, कमिशन र मन्त्रालय भएको गुनासो पीडितको रहेको छ ।
कार्यक्रममा कम्तीमा दुई महिनामा सम्पन्न हुने कार्यलाई प्राविधिकले असार २२ गते सम्झौता गरी असार ३० गते नै कार्य सम्पन्नको रकम भुक्तानी दिइएको तथ्य पनि औँल्याइएको छ । प्रदेशसभा सदस्य कौशल यादवले 'आफैं पीडित छु, उपभोक्ता पीडित छन् र सो कारण प्रदेशसभा सञ्चालन हुन नसक्नु विडम्बना हो', भने।
समाजका अध्यक्ष भगवान झाले विद्यमान समस्याले प्राविधिक जटिलता थपिँदै विकास निर्माण कार्यबारे अन्योल बढ्दै गएको बताउनुभयो । कमला नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहर साहले अन्योलका कारण प्रदेशमा छ महिनामा १० प्रतिशत मात्र विकास निर्माण कार्य सम्पन्न भएको जानकारी दिए।
मधेश पत्रकार महासङ्घका अध्यक्ष वृजकुमार यादवले रकम भुक्तानी नहुनुमा प्रदेशसभा सदस्यदेखि प्राविधिक एवं सरकार दोषी देखिएको प्रसङ्ग उल्लेख गरे। नेपाल पत्रकार महासङ्घ धनुषा अध्यक्ष अनिल मिश्रले मन्त्रीले क्षयरोग नियन्त्रणको रकम पनि रकमान्तर गरी अन्यत्र क्षेत्रमा प्रयोग गरेको ध्यानाकर्षण गराए।
अभियानकर्मी सरोजकुमार मिश्रले उपभोक्ता समितिका पदाधिकारीको पारिवारिक अवस्था दयनीय हुँदै गए पनि सरकार संवेदनशील नहुनु दुःखद् हो भने।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...