ट्रम्पविरुद्ध महाअभियोग छलफल शुरू, डेमोक्रेट र रिपब्लिकनबीच चर्को बहस

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाइ माथिल्लो सदन सिनेटमा भइरहेको छ । सुनुवाइका क्रममा रिपब्लिकन र डेमोक्रेट पार्टीका सिनेटरबीच चर्को बहस भएको छ । 

सत्ताको दुरुपयोग र संसद्को काममा अवरोध गरेको आरोपमा ट्रम्पविरुद्ध महाअभियोग लगाइएको हो । महाअभियोग पारित भएमा ट्रम्प कुुर्सीबाट हट्नुपर्ने हुन्छ तर त्यसको सम्भावना कम छ । 


Advertisement

सिनेटमा छलफल चल्दा डेमोक्रेट सांसदहरूले सिनेट नेता मिच म्याककोनेलमाथि आरोप लगाउँदै यस प्रक्रियाका लागि प्रस्तावित नियम ल्याएर यसलाई दबाउने कोशिश गरेको आरोप लगाए । रिपब्लिकन सिनेटर म्याककोनेले केही आधारभूत नियम प्रस्ताव गरेका छन् जसअन्तर्गत पहिलो चरणमा साक्षी र प्रमाणहरूमाथि कडा प्रतिबन्ध लागू गरिनेछ र महाअभियोग प्रक्रिया तीव्र गतिमा अघि बढाइनेछ । यस नियमलाई परिवर्तन गर्ने डेमोक्रेट सांसदहरूको कोशिशलाई उनले तत्कालै रोक्नेछन् । 

त्यसअघि विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिन स्विट्जरल्यान्डको डाभोस पुगेका ट्रम्पले आफूविरुद्धको महाअभियोग प्रक्रियालाई धोका संज्ञा दिए । 


Advertisement

उनले भने, ‘यो धोकाधडी मात्र हो । मलाई यातना दिने कोशिश गरियो र वर्षौंदेखि चलिरहेको छ । इमान्दारीपूर्वक भन्दा यो लाजमर्दो छ ।’

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्