क्यान्सरपीडित आमाले गरिन् छोरीको हत्या

रुसको नोभोसिबिर्स्कमा लास्ट स्टेज क्यान्सर लागेकी एक आमाले आफ्नी नौ वर्षीया छोरीको घाँटी थिचेर हत्या गरेकी छन् । छोरीको हत्या गरेपछि उनी आठौं तल्लाको झ्यालबाट हाम्फालेकी छन् । 

मारिया रुसकिख नामक २९ वर्षीया ती महिला माथिबाट खसेर पनि बाँचेकी छन् । उनलाई मानसिक समस्या आएकाले झ्यालबाट हाम्फालेको बताइएको छ । 


Advertisement

तल खसेर उनी हिउँमा पल्टिएर पीडका कारण कराइरहेको बेलामा उनी बस्ने भवनका अन्य मानिसले आपतकालीन सेवामा फोन गरेका थिए । 

एक पुरुषले स्थानीय सञ्चारमाध्यमलाई बताए, ‘ती महिला लगभग पूरै नांगी थिइन् । उनको हात र गोडामा रगत लागेको थियो तर जिउमा चोटपटक देखिँदैनथियो । मैले उनलाई के भयो भनेर सोध्दा उनले जवाफ फर्काइनन् । उनले भनिन्– मद्दत गर्नुस् । मेरो हात गोडा छ कि छैन झैं भइराछ ।’


Advertisement

प्यारामेडिकहरूको एक समूहले महिलालाई एम्बुलेन्समा राखेर अस्पताल लगे । अनि प्रहरी अधिकारीहरू चाहिँ उनको कोठामा पसे । त्यहाँ महिलाकी छोरी रगतको आहालमा डुबिरहेको उनीहरूले देखे । 

फोरेन्सिक जाँच गर्दा महिलाको टाउकोमा भारी वस्तुले हिर्काएको र अनि त्यसपछि घाँटी थिचेर हत्या गरिएको देखियो । 

रुसकिखको शरीरमा भेटिएको रगत उनकै छोरीको भएको अनुसन्धानकर्मीहरूले बताए । 

ती महिलाले कोठामा एउटा सन्देश पनि राखेकी रहिछन् । 

एक स्रोतका अनुसार, सन्देशमा यस्तो लेखिएको थियो : ‘म यो टाउकोदुखाइ सहन सक्दिनँ । मलाई माफ गर ।’

सन्देशको अन्त्यमा रुसकिखले छोरीलाई एकदमै माया गर्ने लेखिन् । 

माथिबाट खसेकाले ती महिलाका अनेकौं हड्डी भाँचिएका छन् । चिकित्सकहरूले उनको अवस्था गम्भीर तर स्थिर रहेको बताए । 

प्रहरीले महिलाविरुद्ध नाबालकको हत्या गरेको विषयमा फौजदारी अनुसन्धान गरिरहेको छ । क्यान्सरका कारण महिलाको मानसिक स्थिति बिग्रेको र उनले छोरीलाई मारेर आफू पनि मर्ने कोशिश गरेको अनुसन्धानकर्मीहरूले अनुमान गरेका छन् । 

उनीहरूको परिवारलाई छिमेकीहरूले राम्रो मानेका थिए ।

महिलाका पति सेनामा छन् र उनी जहिले पनि बाहिरैतिर हुन्छन् ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्