×

NMB BANK
NIC ASIA

भ्रमण वर्ष : नवलपुरमा जलयात्रा सहितको धार्मिक पर्यटन मुख्य आकर्षण

माघ ८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि नवलपुरमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिएको छ ।

Muktinath Bank

जिल्लाको नयाँ पर्यटकीय सम्भावनाका रुपमा कालिगण्डकी नदीबाट नारायणी नदीमा जलयात्रासहितको धार्मिक पर्यटन रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवलपुरको बुलिङटार गाउँपालिका–६ मा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको घुमारीघाटदेखि विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने गजेन्द्र मोक्षधाम (त्रिवेणी) लाई जलयात्रासहितको धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले बताए । कालिगण्डकी नदी र नारायणी नदीमा जलयात्रा सहितको भ्रमण योजना तयार पारेर अगाडि बढ्ने आलेले बताए । भ्रमण वर्ष २०२० का अवसरमा नवलपुरको पर्यटन विकासका नयाँ गन्तव्यको खोजी भइरहेका बेला जलयात्रासहितको धार्मिक यात्रा बनाउन सरोकारवाला निकायसँग छलफल गरिने आलेले बताए ।


Advertisment
Nabil box
Kumari

पर्यटन पत्रकार मञ्च नवलपरासीका पूर्वअध्यक्ष विद्रोही गिरीले त्रेता युगमा भगवान् श्रीकृष्णसँग जोडिएको घुमारीघाटदेखि गजेन्द्र मोक्षधामसँग जलयात्रा सहितको धार्मिक पर्यटनको नयाँ गन्तव्य विकासका लागि सबैको ध्यान जानुपर्ने बताए । ‘नवलपुरमा जलमार्ग सहितको धार्मिक पर्यटनको बलियो सम्भावना छ तर पनि त्यसतर्फ खासै ध्यान पुर्‍याउन सकिएको छैन,’ गिरीले भने, ‘बुलिङको कामुधेनु घुमारी घाटदेखि देवघाट, मौलाकालिका हुँदै गजेन्द्र मोक्षधामसम्म कालिगण्डकी र नारायणी नदीमा जलयात्राको प्रशस्त सम्भावना छ ।’

Vianet communication
Laxmi Bank

जलयात्रामार्फत पर्यटकीय क्षेत्रको विकास गर्दा यसले नवलपुरको धार्मिक क्षेत्रलाई समेत जोड्न मद्दत पुग्ने उनले बताए ।

कामुधेनु घुमारीघाट क्षेत्रबाट देवघाट करीब २० किलोमिटर र देवघाटबाट गजेन्द्र मोक्षधाम ६५ किलोमिटरको जलयात्राको दूरी हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले धार्मिक पर्यटन प्रवद्र्धनका लागि पनि घुमारीघाटदेखि देवघाट हुँदै गजेन्द्र मोक्षधामलाई जलयात्राले जोड्नुपर्ने बताए ।

‘कामुधेनु घुमारीघाटबाट पर्यटकलाई जलयात्रामार्फत देवघाट र यहाँबाट पुनः गजेन्द्र मोक्षधाम पुर्‍याउन सकिन्छ,’ घिमिरेले भने, ‘यसले जलयात्रा गर्ने पर्यटकका साथै धार्मिक पर्यटकसमेत बढ्न सक्छन् ।’

कामुधेनु घुमारीघाट क्षेत्रबाट जलयात्रामार्फत आएका पर्यटकलाई एक दिन देवघाटमा बास बस्ने व्यवस्था गरेर यहाँको भ्रमण गराउँदै त्रिवेणीसम्म पुर्‍याउनुपर्ने घिमिरेको भनाइ छ । देवघाटमा माघे संक्रान्ति, साउने सोमबार, बाला चतुर्दशी तथा ग्रहण लाग्दा स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वासका साथ स्वदेश तथा विदेशबाट तीर्थालु आउने गरेका छन् । 

कालिगण्डकी र त्रिशूली नदीको वेणी सङ्गम, सीता गुफा, धार्मिक पार्क, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, पशुपति नाथको झल्को दिने नर्मदेश्वर शिव मन्दिर यहाँका प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् । कालिगण्डकी र नारायणी नदीमा जलयात्रा गराइँदा नारायणी नदीमा घडियाल गोही, चितवन राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ एक सिङ्गे गैंडा, विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न सकिने गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए ।

हिन्दूहरूले पवित्र तीर्थस्थलको रुपमा मान्ने देवघाट धाम नवलपुर, तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्दछ । देवघाट जानका लागि चितवनकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकाले पनि जलयात्रामार्फत त्यस ठाउँमा पर्यटक पुर्‍याउन सकिएको खण्डमा नवलपुरमा पर्यटकको आगमन बढ्ने नगर प्रमुख पौडेलले बताए ।

गजेन्द्र मोक्षधामलाई नेपालको हरिद्वारको रुपमा समेत लिइने गर्दछ । यहाँ नारायणी, तमसा र सोनभद्र नदीको सङ्गम भएकाले यस धामलाई त्रिवेणीको नामले समेत चिन्ने गरिन्छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने यस धाममा माघे औंशी र चैत महिनामा गरी वर्षको २ पटक मेलासमेत लाग्ने गर्दछ । 

गजेन्द्र मोक्षधाममा स्नान गरे पाप पखालिने विश्वास छ । सत्य युगमा नारायणी नदीमा पानी खान गएको गजेन्द्र (हात्ती) लाई गोहीले खान खोज्दा गोहीको मुखबाट गजेन्द्रलाई भगवान् विष्णुले बचाएको धार्मिक ग्रन्थमा उल्लेख छ । हात्तीलाई भगवान मोक्ष प्रदान गरेका कारण यस त्रिवेणी धामलाई गजेन्द्रमोक्ष धामका नामले समेत चिनिने गरिएको हो । 

कामुधेनु घुमारी घाट, देवघाट र त्रिवेणी यी ३ वटै क्षेत्र धार्मिकरुपमा अति महत्त्वपूर्ण मानिन्छन् । यी क्षेत्रलाई जोडेर जलयात्रासहितको धार्मिक पर्यटकीय मार्ग बनाउन सकिएको अवस्थामा स्वदेशी मात्रै नभई विदेशी पर्यटकसमेत आकर्षण गर्न सकिने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख आलेले बताए । यहाँका धार्मिक क्षेत्रलाई जल पर्यटनसँग जोड्न सकेको खण्डमा भ्रमण वर्ष सफल हुनेमा नवलपुरवासी विश्वस्त छन् । – टेकराज पोखरेल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x