×

NMB BANK
NIC ASIA

सरकारी गाडी सिक्न खोज्दा अधिकृतले लिए आमाको काखमा खेलिरहेका बालकको ज्यान !

माघ ८, २०७६

NTC
Sarbottam
Photo : daunnenews
Premier Steels
Marvel

नवलपुरको हुप्सेकोट गाउँपालिका– ५ का वडाध्यक्ष पदमबहादुर राना वडा नम्बर ४ मा पर्ने झ्यालबासस्थित सडक छेउमा मोटरसाइकल रोकेर २ जनासँग कुराकानी गरिरहेका थिए ।

Muktinath Bank

मंगलवार साँझ करीब ५ बजेको कुरा हो यो । त्यत्तिकैमा उनकै गाउँपालिकाको ग१झ ३८९ नम्बरको गाडी बत्तिएर आयो । वडाध्यक्ष रानाले केही सोच्नै भ्याएका थिएनन्, रोकिराखेको मोटरसाइकल र उनलाई पनि छोइहाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'गाडी एक्कासि बत्तिँदै आयो, म बाइक स्ट्याण्ड लगाएर कुरा गरिरहेको थिएँ, मलाई र बाइकलाई छोयो, त्यसपछि के भयो, भयो म आफैं अन्यौलमा छु,' बुधवार लोकान्तरको सम्पर्कमा आएका उनले घटना विवरण सुनाए ।


Advertisment
Nabil box
Kumari

मंगलवारको दुर्घटनापछि उनलाई उपचारका अस्पताल लगियो । खासै ठूलो चोट नरहेकाले वडाध्यक्ष राना डिस्चार्ज भइसकेका छन् ।

Vianet communication
Laxmi Bank

वडाध्यक्ष रानाको ना१ब २५७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर सडकसँगैको घरतिर मोडिएको गाडीले सिँढीमा बसिरहेका आमाछोरालाई पनि ठक्कर दियो ।

छोरा ५ वर्षीय डिपु गाहाले ज्यान गुमाए आमा २६ वर्षीय मीना गाहा घाइते छिन् । उनको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

सोही दुर्घटनामा घाइते भएका ५५ वर्षीय भीमबहादुर लुंगेली र ७० वर्षीय पूर्णबहादुर लामा पनि सोही अस्पतालमा उपचाररत छन् ।

घटनाको विरोधमा स्थानीयले बुधवार गाउँपालिका तथा वडा कार्यालयहरू बन्द गराएका छन् । शैक्षिक संस्थाहरूमा पनि पढाइ भएन । गाउँपालिका कार्यालय परिसरमा भने दिनभर तनाव छ ।

गाडी सिक्न खोज्दा कर्मचारीले लिए ज्यान !

सोही गाउँपालिकाका एक जनप्रतिनिधिका अनुसार उक्त गाडी गाउँपालिका उपाध्यक्ष कोपिला मल्ललाई घर पुर्‍याउन गएको थियो । मल्ललाई पुर्‍याएर फर्किने बेलाको घटना हो त्यो ।

'उपाध्यक्षज्यूलाई पुर्‍याएर फर्किने क्रममा बीच बाटोमा आएर खाजा खाएछन्, स्थानीयका अनुसार फर्किँदा गाडीमा ३ जना थिए रे !' उनले भने ।

उनका अनुसार गाडी चलाउँदै थिए– गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकृत शिवप्रसाद सुबेदी ।

'मोटोमोटो हुनुहुन्छ नि, उहाँको नामचाहिँ थाहा छैन, हामी सुबेदी सर भनेर चिन्छौं,' स्थानीयले गाडी चलाउने व्यक्तिबारे भनेको कुरा उद्धृत गर्दै उनले लोकान्तरलाई सुनाए ।

भएछ के भने– सुबेदीले सिक्ने प्रयोजनले गाडी चलाएका रहेछन् ।

अनियन्त्रित भएर बाइकलाई छोएपछि आत्तिएर ब्रेक दबाउन खोज्दा एक्सिलेटर खिच्न पुगेछन् ।

गाडी बत्तिएर घरतर्फ मोडियो र आफ्नो जिन्दगीको पाचौं वसन्त मात्र देखेका अबोध बालकलाई चुँडेर लग्यो ।

स्थानीयले गाडी सिक्ने कर्मचारी र चालकलाई कारवाही हुनुपर्ने माग राखेका छन् । साथै घाइतेको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

गाउँपालिका भने सुबेदीलाई बचाउने ध्याउन्नमा छ । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गाडी चालक फरार रहेकाले खोजी भइरहेको बताइन् ।

'म मासमा जाँदैछु, यहाँ आक्रोश छ, थप कुरा प्रहरीसँग नै सोध्नुहोला,' छोटो प्रतिक्रिया दिँदै अध्यक्ष पाण्डेले फोन राखिन् ।

आरोपित फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहन खाँडले बताए ।

गाउँपालिकाको बेवसाइटमा राखिएको अधिकृत सुबेदीको मोबाइल नम्बरमा बुधवार दिउँसो सम्पर्कको प्रयास गर्दा स्वीच अफ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x