मछिन्द्रद्वारा पुलिस पराजित

फाइल तस्वीर

शहीद स्मारक 'ए' डिभिजन लीग फूटबलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । 

बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले विभागीय टीम पुलिसलाई १-० गोल अन्तरले हराएको हो ।


Advertisement

मछिन्द्रलाई जीत दिलाउन रञ्‍जित धिमालले गोल गरे ।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तर खेलको ५२ मिनेटमा फ्रीकिकमार्फत रञ्जितले गोल गर्दै मछिन्द्र क्लबलाई ३ अंक दिलाए ।


Advertisement

जारी लीगमा मछिन्द्रको यो पाँचौं जीत हो । ८ खेल खेलेको मछिन्द्रको १६ अंक भएको छ । पुलिसको ११ अंक छ । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्