मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई बुधवार प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई  मे११प २२७३ नम्बरको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।


Advertisement

स्थानीयको सहयोगमा दिउँसो १२ः४० बजे मोटरसाइकल चोरेर भाग्दै गर्दा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्