अस्पतालको विद्युतीय भर्‍याङबाट लडे यी वृद्ध (भिडियो)

चीनको शानदोङ प्रान्तमा रहेको एक अस्पतालको विद्युतीय भर्‍याङबाट एक वृद्ध लडेका छन् । 

नाम नखुलेका ती ७० वर्षीयलाई चक्कर आउन थालेपछि यान्ताई येदा अस्पतालको ओपीडी गएका थिए । 


Advertisement

उनी घर फर्किन खोज्दा भर्‍याङबाट लडेका थिए । 

सीसीटीभी फूटेजमा ती व्यक्ति विद्युतीय भर्‍याङतिर गएको र भुइँतल्ला जान खोजेको देखिन्छ । 


Advertisement

उनले भर्‍याङमा गोडा राख्नेबित्तिकै सन्तुलन गुमाएका थिए । अनि उनी तलतिर लडेर सिँढीमा टाउको ठोक्न पुगेका थिए । 

ती वृद्ध चारपटक लड्छन् अनि सिंढीहरू चाहिँ हिँडिरहन्छन् । उनी न बस्न सक्छन्, न उभिन नै । 

उनी घोप्टो परेर लडेकै अवस्थामा तल झर्छन् । 

यो देखेका रेडियोलोजीका प्रमुख डा झाओ होङक्वान दौडिँदै आउँछन् र इमर्जेन्सी स्टप बटन थिचेर विद्युतीय भर्‍याङलाई रोक्छन् ।

अन्य चिकित्सक र अस्पतालका एक सुरक्षा गार्डले पछि ती वृद्धलाई उपचारका लागि लगेको देखिन्छ । 

लडेपछि उनको निधारमा एक इन्चको घाउ लागेको तर हाड नभाँचिएको वा गम्भीर चोटपटक नलागेको बताइएको छ । 

उनलाई २० मिनेटपछि अस्पतालबाट छुट्टी दिइएको थियो ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्