उपेन्द्र यादवलाई प्रचण्डको प्रस्ताव– नेकपामै आउनूस् !

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि नेकपामै आउन आग्रह गरेका छन् ।

समाजवादी पार्टीका ४० भन्दा बढी नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले अध्यक्ष यादवलाई पनि नेकपामै आउन आग्रह गरेका हुन् । 


Advertisement

बुधवार प्रचण्ड निवास खुमलटारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । 

'धेरै झमेला गर्नुभन्दा उपेन्द्र पनि यतै मिल्नै आए हुन्छ,' प्रचण्डले भने, 'अलग–अलग चुलाचौका लगाएर यहाँ धेरै हुने वाला छैन ।'


Advertisement

नेकपा प्रवेश गरेका समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले अशोक राई, बाबुराम भट्टराई जस्ता नेताहरू पनि निरीह बनेर बस्नुपरेको सुनाएका थिए । 

त्यसैलाई इंगित गर्दै प्रचण्डले भने, 'अशोक राई, बाबुराम भट्टराई बडो निरीह बनेर बस्नु परेको अवस्था छ भनेर साथीहरूले भन्नुभएको छ, 'उहाँले भनेको सत्य नै होला, मलाई त थाहा छैन ।' 

प्रचण्डले सबै मिलेर देशमा स्थिरता र समृद्धि ल्याउनुपर्ने बताएका थिए ।

'जो जहानेर ब्युँझिन्छ त्यहीं उठेर हिंड्न शुरू गर्छ,' उनले भने, 'अहिले नेकपा प्रवेश गर्ने साथीहरू ब्युँझनु भएको छ, उहाँहरू आउनुभयो । भोलि अरू पनि ब्युँझिनुहुनेछ र आउनुहुनेछ ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्