×

NMB BANK
NIC ASIA

रुकुमपूर्व अस्पतालमा औषधि अभाव, उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला अस्पताल रुकुमपूर्वमा औषधि अभाव भएको छ। जिल्ला अस्पतालमा सामान्य खालको औषधि पनि पाउन नसक्दा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन्।

Muktinath Bank

जिल्लाको सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी आउने गर्दछन् तर अस्पतालमा पुगेपछि आफूलाई आवश्यक औषधि नपाएर बिरामी निराश भएर निजी मेडिकलतिर धाउने गरेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षको पुस ९ गते रुकुमपूर्वमा जिल्ला अस्पताल बनाउने घोषणा गरिएको थियो। अस्पतालको उद्घाटन गरियो तर जिल्ला अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ की सुनिता पुनले गुनासो पोखे। 


Advertisment
Nabil box
Kumari

७७ जिल्लाका रुपमा नयाँ स्थापना भएको रुकुमपूर्वमा गएको मङ्सिर ५ गते प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्ला अस्पतालको उद्घाटन गरेका थिए। जिल्ला अस्पताल उद्घाटन हुँदा स्वास्थ्य सम्बन्धिका सबै सेवा सुविधा जिल्लामै पाइने भयो भन्दै हर्षित भएका जिल्लावासी अहिले अस्पतालमा सामान्य औषधिसमेत नपाउँदा रित्तो हात फर्कन बाध्य परेका छन्।

Vianet communication
Laxmi Bank

अस्पतालमा औषधि अभाव भएपछि आएका बिरामीलाई जाँच गर्दै पठाउँदै गर्ने गरेको जिल्ला अस्पताल रुकुमपूर्वका प्रमुख डा राजेन्द्र जिसीले बताए। स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र त्यसैमा पनि औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उनले बताए। 

'औषधि खरिदका लागि छुट्याइएको ३०-३२ लाख बजेट प्राविधिक गडबढीका कारण भवन निर्माणका लागि भनेर आएको थियो, जसले गर्दा क्लोनिकाले रकम निकासा गरिदिएन,'  डाक्टर जिसीले भने, 'अहिले त्यो रकम निकासाका लागि शीर्षक सच्याएर आएको छु, तर त्यति रकमको औषधिले पनि पुग्दैन् ।'

अस्पतालमा ५० प्रतिशत औषधि अभाव रहेको उनको भनाइ छ । स्वास्थ्यौकीमा पाइने खालका केही औषधि अस्पतालमा छन्, तर सुई, बच्चालाई खुवाउने झोल औषधि, सलामी चराउने बोतल लगायतका औषधि नभएको उनले बताए। 

त्यसैगरी आइरन, कोट्रिन र सिप्रो औषधि भने आवश्यकताभन्दा २५ प्रतिशत बढी स्टक रहेको उनले बताए। आवश्यक उपकरण प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराएका छन् । विद्युत् नहुँदा उपकरण प्रयोगमा आउन नसकेको जिल्ला अस्पतालले जनाएको छ । विद्युत् आउँदै नआउने आएपनि कम क्षमताको आउने गरेकाले भिडियो एक्स–रे, एक्स–रे लगायतका मेसिन चल्न नसकेर थन्किएको उनले बताए। 

अस्पतालमा जेनेरेटर भए पनि इन्धन अभावका कारण नियमित सञ्चालनमा ल्याउन नसेको अस्पतालले जनाएको छ । डाक्टर जिसीका अनुसार जिल्ला अस्पतालमा एउटा डिजिटल एक्स–रे छ, तर त्यसै थन्किएको छ । भवन अभावकै कारण डिजिटल एक्स–रे सञ्चालनमा आउन नसकेको बताइएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष पनि बनाइएको छैन । ल्याब टेक्निसियन, रेडियोग्राफर र मेडिकल रेकर्डको पद खाली रहेको उहाँको भनाइ छ । खाली रहेका यी पदपूर्तिका लागि लोकल उत्पादन नभएको र बाहिरबाट ल्याउन खोज्दा कोही आउन नमानेको डाक्टर जिसीले बताए। 
   
उनका अनुसार अहिले जिल्ला अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ। स्वास्थ्यचौकी बसेको भवनका ३० वटा कोठा रहेका छन् । भवन अभावको समस्यालाई समाधान गर्न भौतिक संरचना निर्माणका लागि सिस्ने गाउँपालिकाले आवश्यक जग्गा उपलब्ध गराइसकेको छ । डिपीआरको लागि पनि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । तर ठाउँ भिराला भएको भन्दै डिपिआरको काम पनि अघि बढ्न नसकेको बताइएको छ। 

यसअघि स्वास्थ्यचौकीको नाममा १४ रोपनी जग्गा रहेको थियो । गाउँपालिकाले २१ रोपनी जग्गा दिएर ३५ रोपनी क्षेत्रफल भएको छ । यता जिल्ला अस्पतालमा खड्किरहेको औषधि अभावलाई छिटै परिपूर्ति गर्नतिर प्रदेश सरकार लागिरहेको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए। 

 पहिले औषधि खरिदका लागि छुट्याइएको बजेट भवनमा परेपछि भर्खरै शीर्षक सच्याइएको र औषधि खरिद गरेर छिटै पठाउने उनले बताए। भवन अभावकै कारण विभिन्न प्रकारका मेसिन प्रयोगमा आउन नसकेकोतर्फ सङ्केत गर्दै उहाँले जिल्ला अस्पतालको भौतिक संरचना निर्माणका लागि रु २७ करोड बजेट रहेको भन्दै पहिलो चरणमा रु ८ करोडको ठेक्का आह्वान गर्ने तयारी गरिरहेको बताए। 

 अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको रुकुमपूर्वमा बिरामीको सहजताका लागि प्रदेश सरकारले एम्बुलेन्स पनि उपलब्ध गराइदिने उनले बताए। एम्बुलेन्स खरिदको प्रक्रियामा गइसकेकाले छिटै एम्बुलेन्स पनि जिल्लामा आउने उनको भनाइ छ । जिल्ला अस्पतालमा भनेजस्तो सेवा सुविधा नपाउँदा अझै पनि जिल्लाका नागरिक जटिल प्रकृतिको रोगको उपचारका लागि रुकुमपश्चिम, दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य छन् ।–सर्जना कार्की/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x