सुदूरपश्चिमका युवा भारतमा चौकीदारी गर्छन् तर, मुख्यमन्त्री भन्छन्, ‘बेरोजगारी अन्त्य गर्छौँ'

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको केन्द्र हो, भारतका सहर।

यहाँका युवाहरू भारतका सहरमा मात्र होइन पछिल्लो समय खाडीमा समेत जाने गरेका छन्, रोजगारीकै लागि। 


Advertisement

तर, सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट सुदूरपश्चिमको बेरोजगारी अन्त्य गरिने दाबी गर्छन्।

डोटीको शिखर नगरपालिकास्थित तल्कोटको हरिहर माविको ६०औँ वार्षिकोत्सव उद्घाटन गर्दै भट्टले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मार्न र बेरोजगार घटाउन मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम गाउँ–गाउँमा विस्तार गरिने दाबी गरे।
 
उनले भनेका छन्, ‘सबैलाई शिक्षित बनाउन शिक्षा क्षेत्र र बेरोजगारी हटाउन कृषि क्षेत्रमा लागनी गरेका छौँ, आशा छ यहाँको गरीबी र अशिक्षा चाँडै अन्त्य हुने छ।’
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्