राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

राष्ट्रियसभा सदस्य–२०७६ को प्रदेश नं २ मा बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

महेन्द्रनारायण संस्कृति केन्द्र जनकपुरको परिसरस्थित मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित कर्मचारी खटिसकिएको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी गराए।


Advertisement

निर्वाचनका लागि निर्धारण गरिएको दुई वटा मतदान केन्द्रका लागि २० कर्मचारीलाई खटाउनका साथै सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइसकिएको उनले बताए। माघ ८ गते बिहान १० बजेदेखि मतदान शुरु भई अपराह्न ४ बजे सम्पन्न हुनेछ । मतदान सकिएलगतै मतगणना शुरु गर्ने निर्वाचन अधिकृत खतिवडाले बताए।

यस प्रदेशमा प्रदेशसभा सदस्य १०७ जना हुनुहुन्छ भने स्थानीय तहका नगर प्रमुख उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ गरी कूल मतदाता ३७९ जना छन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्