×

NMB BANK
NIC ASIA

सर्वसाधारणको पहुँचले बढे भ्रष्टाचारका उजुरी

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तहमा सर्वसाधारणको पहुँच सजिलै हुने भएकाले भ्रष्टाचारका घटना बाहिर आउन थालेको बताइएको छ ।

Muktinath Bank

जनतामा आफूले तिरेको राजस्वको सही सदुपयोग र आर्थिक अनियमितता नहोस् भन्ने पक्षमा जनसाधारण सचेत बन्दै गएकाले यस्तो अवस्था आउन थालेको सम्बन्धित क्षेत्रका जानकारहरूको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बितेका केही समययता अख्तियारमा पनि स्थानीयस्तरमा भएका भ्रष्टाचार घटनाका उजुरीको चाङ लाग्ने गरेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पनि स्थानीय तहमा भ्रष्टाचार बढेको तथ्य सार्वजनिक भएको छ । निर्वाचनपछि स्थानीय तहले सरकारकै स्वरूपमा रूपान्तरण भई सबै किसिमका विकासनिर्माण तथा सबै खालका गतिविधिमा सर्वसाधारणको पहुँच अभिवृद्धि भएकाले त्यहाँभित्र देखिएका विकृति र अनियमितता बाहिर आएको स्थानीय तहका जनप्रतिनिधिको ठहर छ ।

Vianet communication
Laxmi Bank

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव एवं सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ स्थानीय तहमा भएका हरेक गतिविधिको सर्वसाधारणले सजिलै जानकारी पाउने र सोको आधारमा अख्तियारमा उजुरी दिने गरेको बताउँछन् । उनी भन्छन्, 'स्थानीय तहमा विकृति र अनियमितता भएको छैन भन्ने हाम्रो भनाइ होइन तर स्थानीयको तुलनामा सङ्घीय सरकारमा धेरै भ्रष्टाचार भएको छ, जुन सर्वसाधारणले थाहा पाउँदैनन् ।'

उनका अनुसार हामी एक वर्षमा चारपटक जनतासामु सार्वजनिक सुनुवाइ गर्छौं, सुशासन ऐनअनुसार स्थानीय तहमा भएका विकासनिर्माणको अन्तिम भुक्तानी लिनुभन्दा अगाडि सामाजिक परीक्षण गर्छौं, त्यसो हुँदा हाम्रा राम्रा र नराम्रा सबै कुरा बाहिर आउँछन् र त्यसैका आधारमा अख्तियारमा उजुरी पर्छ । सिंहदरबारमा पनि सर्वसाधारणको त्यत्तिकै पहुँच हुने हो भने स्थानीय तहभन्दा धेरै भ्रष्टाचार भएको तथ्य बाहिर आउने जनप्रतिनिधिको दाबी छ । स्थानीय तहको सङ्ख्या धेरै भएको र बजेटको आयतन पनि ठूलो भएकाले ससाना गल्ती र कमजोरी बाहिर आउने गरेको तामाङले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन हजार जना सेवाग्राहीबीच गरेको सर्वेक्षणमा ५५ प्रतिशत सेवाग्राहीले स्थानीय तहमा भ्रष्टाचार हुने गरेको जवाफ दिएका छन् । त्यस्तै १५ प्रतिशत सेवाग्राहीले स्थानीय तहमा भ्रष्टाचार हुने गरेको मात्र नभई देखेको र भोगेकोसमेत बताएका छन् । २७ प्रतिशत सेवाग्राहीले निर्वाचनपछि स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको प्रतिक्रिया दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । त्यस्तै ७२ प्रतिशत सेवाग्राहीले भने दण्डहीनताका कारण भ्रष्टाचार मौलाउँदै गएको, ६७ प्रतिशतले स्थानीय तहको कामबाट सन्तुष्ट नभएको, ३७ प्रतिशतले भने राजनीतिक संरक्षणका कारण स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको सर्वेक्षणका क्रममा जवाफ दिएका छन् ।

अधिकारीको दुरुपयोग
स्थानीय तहमा घुस लिने, चाहिनेभन्दा बढी सेवाग्राहीसँग रकम माग गर्ने, नचाहिने कागजात माग गर्ने, समयमा कर्मचारी कार्यालय नआउने, सामाजिक सम्पत्तिको दुरुपयोग गर्ने, आफ्नो कुर्सीमा नबस्नेजस्ता पक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा भ्रष्टाचार भएको विषय अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कर्मचारीले आफ्नो अधिकारको दुरुपयोग गर्ने, सेवाग्राहीलाई राम्ररी जवाफ नदिने, सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग गर्ने लगायतका भ्रष्टाचार हुने गरेको पाइएको छ ।

भ्रष्टाचार बढ्नुका कारण
भ्रष्टाचारीलाई कारबाही नहुनु, राजनीतिक संरक्षण हुनु, निर्वाचनमा धेरै रकम खर्च गरेर जित्नु र सो रकम असुलीमा सक्रिय हुनु, नियमविपरीत निर्णय हुनु, जनप्रतिनिधिको कम आयस्रोत र बजार भाउ उच्च भएकाले स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियारको भनाइ छ । त्यस्तै उपभोक्ता समिति भ्रष्ट हुनु, मध्यस्थकर्ताको संलग्नता बढ्दै जानु र उपभोक्ता समितिबाट ठूला रकमको विकासनिर्माणका काम हुनुलगायतले स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको स्थानीय तहको भ्रष्टाचारसम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

भ्रष्टाचार कम गर्ने आधार
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सामुदायिक सहभागिता अभिवृद्धि गर्ने, सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने, जनप्रतिनिधिलाई नैतिकवान बनाउँदै जानुपर्ने र अख्तियारको भूमिका थप प्रभावकारी बनाउँदै जाने हो भने स्थानीय तहमा भ्रष्टाचार कम हुने बताए। स्थानीय तहका जनप्रतिनिधिले पारदर्शी, जवाफदेही, सदाचार कायम गर्न सके स्थानीय तहमा भ्रष्टाचार कम हुने र भ्रष्टाचारको न्यूनीकरण गर्न तलबाट नभई माथिबाटै शुद्धीकरण गर्नुपर्ने सुझाव ट्रान्सपरेन्सीको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x