×

NMB BANK
NIC ASIA

एकीकरणका काम सम्पन्न गर्न जिम्मेवारी

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणका बाँकी काम र समयका विषयमा उत्पन्न समस्या समाधानका लागि विभिन्न विभाग तथा मातहतका कमिटीहरूलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।

Muktinath Bank

तत्कालीन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि विभिन्न विभाग तथा कमिटीबीच एकीकरण भए पनि पूर्णता पाएको छैन । कतिपय ठाउँमा एकीकरण भए पनि विभिन्न विवाद भने देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय ठाउँमा शपथग्रहण पनि भएको छैन । ती समस्यालाई चाँडै समाधान गरी एकता प्रक्रियाको टुङ्गो लगाउन पार्टी क्रियाशील भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। बाँकी कामलाई पूर्णता दिन पार्टीले विभागका प्रमुख तथा उपप्रमुखहरूलाई निर्देशन दिएको उनले बताए । माघ १५ पछि एक हप्ताभित्र सबै टुङ्गो लाग्ने पनि जनाइएको छ । विभागका प्रमुख तथा उपप्रमुखहरूले आफू मातहतका विभागका सदस्यका लागि नाम सिफासिस गर्न पार्टीले निर्देशन दिएको छ ।


Advertisment
Nabil box
Kumari

यसरी सिफारिस गर्दा यसअघि विभागमा रहेका, पार्टी काममा महìवपूर्ण योगदान गरेका र सम्बन्धित विषयका विज्ञहरूलाई प्राथमिकता दिने र त्यसको आधारमा केन्द्रीय सचिवालयले सिफारिसको औचित्य हेरिकन उपयुक्त निर्णय गर्ने नेकपाद्वारा जारी परिपत्रमा उल्लेख छ । पुस १३ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सङ्गठन विभागद्वारा प्रस्तुत कार्ययोजनालाई परिमार्जनसहित पारित गर्नुका साथै त्यसलाई कार्यान्वयनका लागि सचिवालयको बैठकले सम्पूर्ण कमिटीका लागि परिपत्र जारी गरेको थियो । सोही पत्रमा एकीकरणका बाँकी काम टुङ्गो लगाउन निर्देशन दिएको छ ।

Vianet communication
Laxmi Bank

सो परिपत्र अनुसार एकीकरणका बाँकी काम सम्पन्न गर्न उपत्यका विशेष कमिटीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष, सचिवले उपत्यका विशेष कमिटी सदस्य सिफारिस गर्दा यसअघि कमिटीमा रहेर पार्टीका काममा महìवपूर्ण योगदान गरेका नेतालाई प्राथमिकता दिन पार्टीले निर्देशन दिएको छ । त्यसैगरी, उपत्यका विशेष कमिटी इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष, सचिवले मातहतका विशेष जिल्ला कमिटीका लागि सदस्यहरूको नामावली तय गर्ने, कार्यान्वयन गर्ने र विशेष कमिटीको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने परिपत्रमा उल्लेख छ ।

पार्टी विधानले एउटा व्यक्तिलाई बढीमा दुई तहमा सङ्गठित हुन अनुमति दिएको छ तर कतिपय स्थानमा एक व्यक्ति केन्द्र, प्रदेश र जिल्ला तहमा सङ्गठित भएको पाइएको छ । त्यस्ताका लागि विधान अनुसार काम अगाडि बढाउन निर्देशन दिएको छ । ती व्यक्ति कहाँ बस्ने त्यसको छनोट गर्ने सुविधा सम्बन्धित व्यक्तिलाई दिने पार्टीले निर्णय गरेको छ ।

प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्जको जिम्मेवारीमा रहेका केन्द्रीय कमिटीको सदस्य प्रदेश कमिटीको सदस्य नहुने तर जिल्ला कमिटीको इन्चार्ज, सहइन्चार्जको जिम्मेवारीमा रहेको केन्द्रीय कमिटीको सदस्य भने प्रदेश कमिटीको सदस्य हुन पाउने प्रावधान सचिवालयको बैठकले तय गरेको छ ।

त्यसैगरी, प्रदेश कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारीमा रहेको केन्द्रीय कमिटीको सदस्यबाहेक केन्द्रीय कमिटीको अन्य सदस्य प्रदेश कमिटीको सचिवालय वा कार्यालयमा रहन नपाउने निर्णय पनि सचिवालयले गरेको छ ।
एकीकरणको क्रममा कतिपय जिल्लामा आन्तरिक अन्तरविरोध एवं समस्या उत्पन्न भएर कतिपय ठाउँमा कमिटी नै बनेका छैन भने कतिपय ठाउँमा कमिटी बनेपछि शपथग्रहण नै भएको छैन । त्यसका बारेमा यथार्थ जानकारी लिई समाधान गर्न सङ्गठन विभ(ागलाई जिम्मेवारी दिएको छ ।

यसैबीच चैत मसान्तभित्र सङ्गठित सदस्यता नवीकरण सम्पन्न गर्न कमिटीहरूलाई निर्देशन दिएको छ । २०७५ जेठ २ गतेसम्म कायम रहेका पार्टी सदस्यहरूलाई सङ्गठित सदस्य मानी नवीरकण गर्ने गराउने पार्टीले निर्देशन दिएको छ । केन्द्रीय सङ्गठन विभागले २०७५ जेठ २ सम्म कायम रहेका सङ्गठित सदस्यको विवरण २०७६ माघ मसान्तभित्र सम्बन्धित प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटीमाफर्तत जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, प्रदेश सम्पर्क कमिटीलाई उपलब्ध गराउन पार्टीद्वारा जारी परिपत्रमा उल्लेख छ ।

सङ्गठित सदस्यता नवीकरण प्रयोजनका लागि जिल्ला कमिटीले प्रत्येक गाउँपालिकाको केन्द्र र नगरपालिकाको वडा केन्द्रमा सङ्गठित सदस्यको विवरणसहित जिल्ला कमिटी सचिवालय सदस्यको संयोजकत्वमा पाँच सदस्य कार्यदल खटाउने परिपत्रमा उल्लेख छ । २०७५ जेठ २ सम्म कायम रहेका सङ्गठित सदस्य स्वयं उपस्थित भएर आवश्यक प्रमाण र २०७६ चैतसम्मको सदस्यता शुल्क तिरेको नगदी रसिद वा बैङ्क भौचरसहित सङ्गठित सदस्यता नवीकरणका लागि कार्यदलसमक्ष निवेदन दिने परिपत्रमा उल्लेख छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x