×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचन : प्रदेश पाँचमा ३ सय ५ मतदाता, कसले मार्ला बाजी ?

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आज बिहीबार हुुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश पाँचबाट ३ सय ५ मतदाता सहभागी हुँदैछन ।

Sagarmatha Cement
Muktinath Bank

सातै प्रदेशमा एकसाथ हुन लागेको निर्वाचन प्रदेश पाँचमा दाङमा बिहान १० बजेबाट शुरू हुँदैछ । प्रदेश पाँचमा तीन सिटका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरि ९ जनाको उम्मेदवारी परहेको हो ।  


Advertisment
Nabil box
Kumari

नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलबस्तुबाट विमला घिमिरेले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

Vianet communication
Laxmi Bank

यस्तै नेपाली कांग्रेसबाट दाङकी गिरिजादेबी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । 

त्यसैगरी, समाजबादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादबले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलबस्तुका शिब पौडेलले उम्मेदवार रहेका छन् ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । 

निर्वाचनमा प्रदेशसभा सदस्यहरु ८७ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ गरी ३ सय ५ जना मतदाता रहेका छन् । जसमा नेकपाको १७९ मत रहेको छ  भने नेपाली काग्रेसको ८७ मत रहेको छ ।

यस्तै  समाजबादी पार्टीको तर्फबाट १८ मत रहेको छ । जनमोर्चाबाट ६ मत रहेको छ । अन्य मत साना पार्टीको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x