कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु ।
भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्र बढ्दै जाँदा मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहर कुनै समय टाउको दुखाइ भएको थियो । तर अहिले ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि समस्या समाधान भएको छ ।
बजारबाट सङ्कलन हुने फोहरमा ७० प्रतिशत कुहिने हुन्छन् । कुहिने फोहर (जैविक फोहर)बाट कम्पोष्ट मल बनाइन्छ । झण्डै छ दशकसम्म फोहर फाल्ने ठाउँकै खोजीमा समय बिताएको नेपालगञ्ज उपमहानगरपालिका ‘साइट’ बनेपछि फोहर व्यवस्थापनका लागि खेप्नु परिरहेको आलोचनाबाट मुक्त भएको छ ।
एशियाली विकास बैंक (एडिबी)ले ‘ साइट’ बनाउन सहयोग पुर्याएको थियो । मुखमा मास्क लगाएका कर्मचारीले खुरुखुरु मोहर टिपिरहेकोजस्तो लाग्छ । नेपालगञ्जमा सङ्कलन हुने दैनिक करीब ३२ टन फोहरलाई १७ वटा गाडीले ‘ साइट’सम्म पुर्याउँछन् ।
‘साइट’ सञ्चालनमा आइसकेपछि बनेको कम्पोष्ट मल बोरामा जम्मा गरेर राखिन्छ । धेरै कम्पोष्ट मल बनाएर जम्मा गरिसकेपछि बिक्री गर्ने गरेको ठेकेदार कम्पनीका कर्मचारी शिव लामिछानेले बताए। उनका अनुसार सीसा, प्लाष्टिक, बोतल, टायर बेचेर मासिक करीब रु ३०÷४० हजार आम्दानी भइरहेको छ ।
कामै नलाग्ने फोहरलाई खाल्टोमा गाडिन्छ । उपमहानगरपालिकाका सरसफाइ शाखाका अधिकृत अशोक केसीका अनुसार, सात प्रतिशत फोहर खाल्डोमा गाड्ने गरिएको छ । रु ३८ करोड बढीमा बनेको ‘साइट’ले नेपालगञ्ज उपमहानगरपालिकाको फोहर व्यवस्थापनसँगै त्यसबाट पैसा कमाउने बाटो पनि देखाइदिएको छ ।
हुन त फोहरबाट मोहर झिक्न त्यति सजिलो छैन । बजारमा निस्किने फोहरलाई कम्पोष्ट मल बनाएर बेच्दा साँच्चै नै मोहर फल्नेमा दुईमत छैन । फोहरबाट मोहर फलाउने साधन ‘साइट’मै तयार छ । अब उपमहानगरले बजार क्षेत्र (साविकको १७ वडा)मात्रै होइन, अन्य वडाबाट पनि फोहर सबै ‘साइट’मा पुर्याएर कम्पोष्ट मल बनाउँछ ।
उपमहानगरपालिकाका प्रमुख डा धवलसम्शेर राणा फोहर व्यवस्थापनको महत्वपूर्ण पाटो फोहर उत्पादन गर्ने पक्ष सचेत रहेकाले उपमहानगर फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै गएको बताउँछन्। 'नागरिकको सहयोगले नै हामी सफल भयौँ, उहाँहरु सचेत हुनुहुन्छ, बाटोमा तथा सार्वजनिक ठाउँमा फोहर फाल्नुहुन्न', उनले भने ।
उपमहानगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ । कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहर छुट्याएर बिक्री गरिरहेको छ । घरबाट निस्कने फोहरको मात्रा घटाउन उपमहानगरपालिकाले सचेनताका कामसमेत गरिरहेको उपमहानगरका सूचना अधिकारी शरद पौडेल बताउँछन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...