पुस २१, २०८०
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
रूपन्देहीको रोहिणी गाउँपालिका–२ की रोशनी चाईलार्ई घरबाटै उठाएर एक युवकले कम्बलमा पोको पारेर भारतीय सीमा बजारतर्फ लैजाँदै गर्दा गत सोमवार रूपन्देहीले प्रहरीले अपराधीलाई पक्राउ गर्यो ।
२ वर्षीया बालिकालाई लुकाएर लैजाँदै गर्दा जिल्लाको ओमसतिया गाउँपालिका–३ का सनोज चाईलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ । पोको पारेर भाग्दै गर्दा छिमेकीले देखेपछि अपराधी भाग्न पाएन ।
बुटवल उपमहानगरपालिका–११ का १५ वर्षीय किशोर जनक श्रेष्ठ विगत ३ महिनादेखि हराएका छन् । बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा ९ कक्षामा पढ्ने जनक परिवारका एक्ला छोरा हुन् ।
एक्लो छोरा झण्डै ३ महिनादेखि सम्पर्कविहीन हुँदा उनको परिवार विछिप्त छ । जनककी आमा भन्छिन्, ‘घरबाट बाहिर कही ननिस्कने छोरा कहाँ गयो ? कसले लग्यो ? मेरो छोराको खोजी गरिदिनुपर्यो । प्रहरीले खासै चासो दिएन ।’
लामो समयदेखि हराइरहेका बाँकेको राप्ती सोनारी गाउँपालिका–४ वैजालपुरका सन्तोष सुनारलाई रूपन्देही प्रहरीले हालै फेला पारेर परिवारको जिम्मा लगाएको छ । रुपन्देहीको शंकरनगरका बालक हराएको धेरै समयपछि प्रहरीले केही समयअघि फेला पारेको थियो ।
यी त केही उदाहरण मात्र हुन् । प्रदेशको राजधानी रूपन्देहीमा बालबालिका र महिला हराएकोबारे प्रहरीमा दैनिक ३/४ निवेदन आउँछन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि पुस मसान्तसम्म ४०३ जना मानिस हराएको उजुरी परेको छ । जसमध्ये २७० महिला, ४३ बालक र ९० बालिका छन् । प्रहरी तथ्यांकले बालकभन्दा बालिका र बालिकाभन्दा महिला धेरै हराएको प्रहरीमा आएका निवेदनमा देखिन्छ ।
खुला सीमाना र बढ्दो अपराधसँगै जिल्लाबाट बालबालिका हराउने घटना बढ्दै गएका छन् । बालबालिका र महिलालाई विभिन्न प्रलोभनमा पारेर नेपाल–भारत सीमा नाका बेलहिया हुँदै भारतका विभिन्न ठाउँमा लैजाने गरेको पाइन्छ तर जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेमबहादुर थापाले बाहिर हल्ला भएजस्तो नाका हुँदै भारततर्फ जाने गरेको नपाइएको बताए ।
‘युवायुवतीबीच उमेर नपुग्दै (२० वर्ष अगाडि) बिहे गर्ने र मिलेर घरबाट टाढा गएर बस्ने गर्छन् । अनि परिवारका व्यक्तिहरू आएर प्रहरीमा निवेदन दिने गर्छन्,’ प्रमुख थापाले भने, ‘परिवारबाट माया–ममता नपाउनेहरू घर छाडेर कतै गएर होटलमा समेत काम गर्ने गर्छन् । त्यो पनि हराएकै सूचीमा पर्छ । हराए भनेर निवेदन दिने तर फेला परेपछि त्यसको जानकारी नगराउने प्रवत्ति पनि छ ।’ बालकहरू अभिभावकको निगरानी र सम्पर्कमा बस्नुपर्ने भएपनि सम्पर्कविहीन भएका बालबालिकाबारे गैरजिम्मेवार र अनुमानित जवाफ दिएर प्रहरी नेतृत्व पन्छिने गरेको छ ।
प्रहरी, विभिन्न गैरसरकारी संघसंस्थाले पनि विभिन्न समयमा चेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको छ । बालिका हराउने दर घटाउन प्रहरी, मन्त्रालय, बाल अधिकार अभियन्तासँग मिलेर चेतनामूलक कार्यक्रम गरिएको राष्ट्रिय बालअधिकार परिषद्ले दाबी गरेपनि प्रभावकारी देखिएको छैन ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुरी खत्रीले अभिभावकको निगरानीमा बालबालिकालाई उमेरअनुसार काममा नलगाइँदा पनि सम्पर्कविहीन हुने गरेको बताए । खत्रीले हराए भनेर निवेदन दिएकामध्ये धेरै आफूहरूले खोजी गरेर परिवारको जिम्मा लगाइदिने गरेको बताए ।
खत्रीले थपे, ‘उमेर पुगेका युवायुवती मिलेर भारतमा ‘रोजगारीका लागि जाँदैछौं’ भन्दै सिमा पार गर्छन् । अनि नेपाल सरकारले मान्यता नदिएका तेस्रो मुलुकमा पनि रोजगारको सिलसिलामा गएको पनि प्रहरीको अनुसन्धानबाट पाइन्छ ।’
हराएको १२ वर्षपछि भेटिएको त्यो खुशी
बाँके जिल्लाको राप्ती सोनारी–४ का सन्तोषकुमार सुनारले १२ वर्षपछि आफ्नै बुवाआमा भेटाएका छन् । ७ वर्षको उमेरमा परिवारको गरीबीका कारण आमाबुवासँगै भारत छिरेका उनी गन्तव्यमा नपुग्दै बीच बाटोबाटै हराएका थिए । छोरा भारतको लुधियानामा रेलमा चढ्ने क्रममा हराएपछि सुनार दम्पतीले त्यही बसेर वर्षौसम्म छोरा फर्केर आउने आशमा काम गरेका थिए । विभिन्न आरोहअवरोह पार गर्दै सन्तोष १२ वर्षपछि नेपाल आएपनि सन्तोषका आमाबुवा भने भारतमै रोजगारीमा छन् । छोरा नेपालमा भेटिएको जानकारी पाएपछि सुनार दम्पती नेपाल आएर छोरालाई बुझेका छन् ।
सुनार १२ वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् । छोरा हराएपछि हराएकै ठाउँमा बुवाआमाले छोरो भेटिने आशमा त्यही बस्न थालेका थिए । रुपन्देही जिल्ला प्रहरी कार्यालयमा हराएको छोरासँग भेट भएपछि बुवा अमरबहादुर सुनार र आमा लक्ष्मी सुनार प्रफुल्ल देखिन्थे । सुनार दम्पतीको आर्थिक अवस्था कमजोर भएको कारण २०६४ सालमा ७ वर्षीय छोरालाई लिएर रोजगारीको लागि भारत जादै गर्दा सन्तोष हराएका थिए ।
सन्तोषलाई मानव कल्याण मित्र मञ्चले भारतबाट उद्धार गरेर नेपाल ल्याएको हो । मञ्चले २०१८ जुलाई २१ तारिखमा भारतको उत्तर प्रदेश देवरिया संरक्षण गृहबाट उद्धार गरी सन्तोषलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाएको थियो । परिवार फेला नपरेपछि सन्तोषलाई घरपरिवार र अभिभावक फेला नपरेसम्मका लागि भनेर रुपन्देहीको कोटिहवास्थित नेपाल अभिनाश अनाथ आश्रममा राखिएको थियो ।
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...