भालुले दुई खुट्टामा उभिएर लखेट्यो बाघ (भिडियो)

भारतको राजस्थानमा रहेको रनथम्बोर राष्ट्रिय निकुञ्जमा एक्लो भालुले दुई खुट्टामा उभिएर बाघलाई भगाएको छ । 

घटनाको भिडियो फूटेजमा बाघ लुरुलुरु हिँडिरहेको अनि बाटो भट्किएर भालु नजिक पुगेको देखिन्छ । भालु झाडीहरू नजिक थियो । 


Advertisement

त्यसको केही सेकेन्डपछि भालु अर्को ठाउँतिर जान्छ अनि बाघले उसलाई नजिकैबाट पछ्याउँछ । 

पछ्याएको थाहा पाएपछि भालु अचानक पल्टिन्छ र दुई खुट्टामा उभिन्छ । 


Advertisement

अनि हावामा बुरुक्क उफ्रिएर ऊ बाघपछाडि दौडिन्छ । 

त्यसपछि ऊ फेरि पछाडिका दुई खुट्टामा उभिएर बाघलाई तर्साउन थाल्छ । 

भालु नजिक आएपछि बाघ आफ्नो साथी भएतिर जान्छ । 

उसको साथी बाघले भालुलाई हेरिबस्छ । दुई खुट्टामा उभिएको भालुले उसलाई चाहिँ तर्साउँदैन । 

अर्को बाघ चाहिँ चम्पत ठोक्छ । 

परिमल नाथवानी नामक व्यक्तिले यो भिडियो शेयर गर्दै लेखे, ‘वनमा यस्ता अनौठा घटनाहरू देख्न पाइन्छ ।’

बाघ र भालुले भयंकर लडाइँ गर्ने गरेका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्