कार्यालय सहयोगी यादव ४ हजार घुससहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई बिहीवार दिउँसो ४ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग ४ हजार घुस रकम लिँदै गर्दा आयोगको टोलीले कार्यालय सहयोगी यादवलाई जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।


Advertisement

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको इटहरी कार्यालयमा लगिने पनि उनले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्