बागमती प्रदेशका यी जिल्लामा भोलि सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।

तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। 


Advertisement

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन  सार्वजनिक बिदा दिइएको जनाएको छ।

प्रदेश सरकारले बिदा घोषणा गरेकाले काठमाडौँ उपत्यका बाहेकका जिल्लामा बिदा गर्ने निर्णय गरेको हो। 


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्