×

NMB BANK
NIC ASIA

घटेन तरकारीको भाउ

माघ १०, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष यसै अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले सबैभन्दा बढी महँगो सुकेको प्याज भएको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लो वर्ष प्रतिकेजी २५ रुपियाँमा कारोबार भएको प्याज अहिले प्रतिकेजीको ११५ रुपियाँ थोकमा कारोबार भइरहेको छ ।

Vianet communication
Laxmi Bank

यस्तै बन्दाको मूल्य पनि अघिल्लो वर्ष यस अवधिको तुलनामा अहिले ३२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिमा प्रतिकेजी आठ÷नौ रुपियाँ थोकमा पाइने बन्दागोबी अहिले थोकमै प्रतिकेजीको ४० रुपियाँमा किनबेच भइरहेको छ । त्यसैगरी अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले आलु प्रतिकेजीमा ७० प्रतिशतसम्म महँगो भएको छ भने काउली ४० प्रतिशतसम्म भएको समितिले जनाएको छ ।

आलु पनि गत वर्ष यस अवधिको तुलनामा अहिले ७० प्रतिशतसम्मले महँगो भएको छ । प्रतिकेजी २७÷२८ रुपियाँ थोकमा कारोबार भएको आलु अहिले सो परिणामको आलु थोकमै ५० रुपियाँभन्दा बढी छ । समितिका अनुसार सो अवधिमा प्रतिकेजी १२ रुपियाँमा थोकमा किनबेच भएको सेतो मुला अहिले बढेर २५ रुपियाँ, मटरकोसा ३५ रुपियाँ केजीबाट बढेर ६५ रुपियाँ, पाकेको फर्सी २२ रुपियाँबाट बढेर ४२ रुपियाँमा कारोबार भएको छ ।

त्यसो त नेपाल राष्ट्र बैङ्कले यही साता सार्वजनिक गरेको पाँच महिनाको प्रतिवेदनमा तरकारीलगायत खाद्यवस्तुको मूल्य नौ दशमलव ७६ प्रतिशत महँगो भएको उल्लेख छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा समग्र महँगी ६ दशमलव ५५ प्रतिशतले बढेको पनि सोही प्रतिवेदनमा छ । सरकारले बजेट वक्तव्यमार्फत यस आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ९ दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ दशमल १० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ ।

सो प्रतिवेदनमा समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा ७ दशमलव ६० प्रतिशत, तराईमा ६ दशमलव ६६ प्रतिशत, पहाडमा ५ दशमलव २७ प्रतिशत र हिमालमा ४ दशमलव ८३ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ ।

उपभोक्ता अधिकारकर्मीले तरकारीको मूल्य बढ्नुका मुख्य कारण बजार अनुगमन प्रभावकारी नहुनु र तरकारी बिचौलिया व्यापारीकै हालिमुहालीले गर्दा तरकारीको भाउ वर्षभरि सस्तो नभएको आरोप लगाएका छन् ।

उपभोक्ता अधिकारकर्मी विमला खनालले तरकारीलगायत खाद्यवस्तु महँगो हुनुको मुख्य कारण बजार अनुगमन प्रभावकारी नहुनु हो भने। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तरकारीलगायत अन्य खाद्यवस्तुको मूल्य बढ्नुको एउटा मुख्य कारण बिक्रीको तह निर्धारण र अर्को बजार अनुगमन प्रभावकारी नभएर भन्नेमा केही सत्यता भएको स्वीकार गरे।

उनले बजार अनुगमन प्रभावकारी गराउनेका लागि विभागले हालै विज्ञसहितको समिति गठन गरी बजारको तह निर्धारण गर्ने तयारी गरेको जानकारी दिए। उनले भने, समितिले तरकारी वा अन्य खाद्यवस्तुमा कति तह हुनुपर्छ त्यो स्पष्ट सुझाव दिनेछ र त्यसका आधारमा बजार अनुगमन गरेर त्योभन्दा बढी तह पाइएमा कारबाही गरिनेछ ।

तरकारी महँगो हुनुको मुख्य कारण नै तरकारी किसानदेखि उपभोक्तासम्म आउँदा धेरै तह पार गर्ने भएकाले यसको मूल्यमा असर देखिएको र समितिले दिने सुझावमा हामीले तरकारीमा कति तह हुनुपर्ने स्पष्ट आउने महानिर्देशक सुवेदीको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x