फरार अभियुक्त पक्राउ

लागूऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 


Advertisement

विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालत पेश गरिएकोमा तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ ।

अदालतले विकलाई २०७५ जेठ १४ गते १ महिना २३ दिन कैद र ७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यसयता विक फरार सूचीमा रहेका थिए ।


Advertisement

विक २०७३ चैत १५ गते व्यास नगरपालिका–२ सिद्धार्थ चोकबाट लागूऔषधसहित पक्राउ परेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्