हिमालयन चितुवा अविरलले जापानमा जिते किक बक्सिङको उपाधि

प्रतिकात्मक तस्वीर

युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् ।

जापानको टोकियोमा हालै सम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात पारे ।


Advertisement

काठमाडौं चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उनी हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उनी जापानमा ‘हिमालयन चितुवा’को नामले परिचित छन् ।

उनले पछिल्लो समय किक बक्सिङ स्पर्धामा निरन्तर आफ्नो पक्षमा जित हासिल गर्दै आइरहेका छन् । उनी हालसम्म १५ अन्तर्राष्ट्रिय स्पर्धामा विजयी भएका छन् ।


Advertisement

उनी नागोया शहरमा रहेर नेपालको तर्फबाट किक बक्सिङमा व्यावसायिक खेल खेल्दै आएका छन् । उनी पछिल्लो समय नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार अभियानमा समेत जुटेका छन् ।

बक्सर देव घिमिरेबाट अविरलले बक्सिङको विशेष प्रशिक्षण प्राप्त गरेका थिए । उपाधि हासिल गरेपछि अविरलले भने, ‘अगामी दिनमा अझ मैदानमा कडा रुपमा उत्रिन्छु । यो जित सबै नेपालीको हो ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्