×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ १५ गते बोलाइएको केन्द्रीय कमिटी बैठकका लागि राष्ट्रिय सभागृह बूक गरिसकेको छ ।

Muktinath Bank

२०७५ साल जेठ ३ गते तत्कालीन दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्र एक भइसकेपछि एकपटक पनि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी एकीकरणलाई औपचारिकरूपमा सदर गर्न र सपथ ग्रहण गर्न एकताकै दिन राजधानीमा उपलब्ध केन्द्रीय सदस्यको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसपछि पहिलोपटक बैठक बोलाइएको हो । केन्द्रीय कमिटी बैठकका लागि माघ १५ देखि २० सम्म प्रदर्शनीमार्गस्थित सभागृह हल बूक गरिसकेको नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication
Laxmi Bank

'१५ देखि २० सम्म ६ दिनका लागि हल बूक गरिएको छ,' ढकालले लोकान्तरसँग भने, 'चलिआएको रेटमा बूक गरिएको हो, बैठक सकिएपछि त्यही अनुसार पेमेन्ट गर्छौं ।'

नेकपा केन्द्रीय कमिटी ४ सय ४५ सदस्यीय छ । केन्द्रीय कमिटी सदस्यहरू आफू मन खोलेर बोल्न नपाउने हो कि भन्ने पिरलोमा देखिन्छन् ।

'४५ जना स्थायी कमिटी सदस्यको बैठकमा पनि एक हप्ता, ४ सय ४५ का लागि पनि एक हप्ता ?' एक केन्द्रीय कमिटी सदस्यले आक्रोश पोखे, 'विधानतः ६/६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठक २ वर्षमा राखिएको छ, तर बोल्न नदिने नियतका साथ ।'

गत पुसको पहिलो साता सम्पन्न भएको स्थायी कमिटी बैठकले २३ पुसमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो, तर राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका कामहरू देखाउँदै सचिवालय बैठकले माघ १५ गतेका लागि नयाँ मिति तय गरेको थियो ।

५ दिन बाँकी रहँदा बैठक पुनः स्थगित हुने खतरा पनि उत्तिकै छ ।

'सूचनासम्म आएको छ, तर केही भन्न सकिन्न,' ती नेताले भने, 'आलोचना सुन्न नचाहने नेताहरूले बैठक फेरि स्थगित गर्न सक्छन् ।'

बैठक बोलाइनु सकारात्मक - ठाकुर गैरे

पार्टी विधि र विधानमा सञ्चालन नभएको, सरकारले काम गर्ने क्रममा पार्टीको वैचारिक नीति अंगाल्न नसकेको, नेताहरूले आफ्नो खल्तीबाट पद बाँडेको जस्ता विषयमा कतिपय केन्द्रीय कमिटी सदस्यहरू आक्रोशित छन् ।

केन्द्रीय सदस्य ठाकुर गैरेले २ वर्षपछि नै भएपनि बैठक बोलाइनु सकारात्मक रहेको टिप्पणी गरे । 'बैठक आयोजना भएको छ, खुसीको कुरा भइहाल्यो,' गैरेले लोकान्तरसँग कुरा गर्दै भने, 'एजेन्डाहरू के आउँछन् त्यो चाहिँ स्पष्ट भइसकेको छैन ।'

गैरेले बैठकमा अध्यक्षद्वयले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथिको छलफल नै बैठकको मूल विषय रहेको बताए । 'त्यसमा छलफल हुनुपर्छ,' उनले भने, 'बैठकमा ग्रुप विभाजन गरेर छलफल गर्ने मोडालिटी अपनाइने मैले बुझेको छु ।'

गैरेले आफूहरूले पार्टी विधानसम्मत् किन चलेन भनेर प्रश्न गर्ने बताए । 'अहिलेसम्म पार्टीभित्र विधानको कार्यान्वयन भएको देखिएको छैन,' गैरेले भने, 'हामीले यो विषयमा कुरा उठाउँछौं ।'

पार्टीले न्याय पाएन - जगन्नाथ खतिवडा

नेकपा केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडा पार्टीले न्याय नपाएको टिप्पणी गर्छन् । खतिवडाले पार्टीभित्र कसैको न्यायपूर्ण मूल्यांकन नभएको विषय बैठकमा उठाउने लोकान्तरलाई बताए ।

'पार्टीलाई विधानअनुसार चलाउनु पर्‍यो त्यसमा पक्षपातको समाप्ति र न्यायपूर्ण मूल्यांकन अपनाउनुपर्‍यो,' उनले भने, 'पार्टीको अहिलेसम्मको रवैया देखेर कार्यकर्ताको मन खुसी भएको छैन ।'

खतिवडाले जनवादी केन्द्रीयता सिद्धान्तमा मात्र सीमित रहेको बताए । 'व्यवहारमा पार्टीले यसलाई आत्मसात गर्न सकेको छैन,' उनले भने ।

केन्द्रीय कमिटी सदस्यहरूले उठाउनैपर्ने अर्को विषय भनेको वैचारिक सुस्पष्टता रहेको खतिवडाले बताए । 'प्रतिवेदनहरूमा वैचारिक कुरा धेरथोर उठाइएका छन्,' उनले भने, 'तर पार्टीले आफ्नो वैचारिक गाइडलाइन अनुसार सरकार सञ्चालन गर्न सकेको छैन । पार्टीको नीति अनुसार कानून बनेका छैनन् ।'

उनले संसदीय दलको चीरहरण भएको बताए । जनवादी सिद्धान्त अंगीकार गर्ने तर कानून बनाउँदा घोर पूँजीवादी बनाउने गरिएकोप्रति आफ्नो असहमति रहेको खतिवडाले बताए ।

पार्टीले नैतिकता बिर्स्यो - लेखनाथ न्यौपाने

पार्टीभित्र सधैं प्रतिपक्षी विचार राख्ने केन्द्रीय कमिटी सदस्य लेखनाथ न्यौपानेले प्रत्येक केन्द्रीय समिति सदस्यले बोल्न नपाउने हो कि भन्ने चिन्ता लागेको बताए ।

उनले पार्टीले यो बीचमा नैतिकता र आचारसंहिता पूर्णरूपमा बिर्सेको र त्यसैलाई केन्द्रीय कमिटी बैठकमा उठाइने बताए ।

'केन्द्रीय कमिटीको बैठक भनेर १५ गतेलाई सूचना आएको छ,' उनले लोकान्तरसँग भने, 'कार्यक्रमको कसरी डिजाइन हुन्छ थाहा छैन । बोल्न नमिल्ने हो कि भनेर बुझिएको छ ।'

साथीहरूसँग छलफल गरेर, पार्टीसँग र देशसँग जोडिएका कतिपय विषयका बारेमा बोल्न नदिए पनि बोल्न पाउनुपर्छ भनेर कुरा उठाउने आफ्नो तयारी रहेको न्यौपानेले बताए ।

'अन्तर्राष्ट्रिय अभ्यासले पनि कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्यहरूले व्यक्तिगत विचार राख्न पाउने हक प्रत्याभूत गरेको छ,' न्यौपानेले भने, 'हामीले त्यसको सुनिश्चितता खोज्छौं ।'

न्यौपानेले अहिलेको स्थिति नेताहरूलाई गाली गरेर मात्र उम्कन नमिल्ने बताए । 'सबैले आफ्नो विचार राख्न पाउनुपर्छ भन्ने हो,' उनले भने, 'त्यसका लागि वैकल्पिक विधि पनि अपनाउन सकिन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x