×

NMB BANK
NIC ASIA

भोकल कोर्ड काटेर राखिएका २७० कुकुरहरूको उद्धार (भिडियो)

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेन प्रहरीले भोकल कोर्ड काटेर एक घरको बेसमेन्टमा राखिएका २७० कुकुरहरूको उद्धार गरेको छ । ती कुकुरहरूले भुकेर आफूलाई लुकाइएको ठाउँको जानकारी नदिऊन् भनेर भोकल कोर्ड काटिएको थियो । 

Muktinath Bank

चिहुआहुआ प्रजातिका कुकुरहरू राजधानी मड्रिडको एक घरको तहखाना (बेसमेन्ट) मा अत्यन्तै फोहरी अवस्थामा राखिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेसमेन्टलाई तीनवटा एरियामा बाँडिएको थियो : प्रजनन (ब्रीडिङ) क्षेत्र, बिक्री क्षेत्र र प्रजननका लागि तयार पारिने क्षेत्र । 


Advertisment
Nabil box
Kumari

प्रहरीले फेला पारेका कम्तीमा दुईवटा कुकुर मरेका थिए र तिनलाई जमाएर एउटा पत्रिकामा बेरिएको थियो । अन्य धेरैलाई खोरहरूमा थुनेर राखिएको थियो । 

Vianet communication
Laxmi Bank

‘केही कुकुरहरूको भुकाइ निकै पातलो थियो । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूको भोकल कोर्ड निकालिएको पाइयो,’ एक प्रहरी प्रवक्ताले बताए । 

कुकुरहरूको भुकाइलाई मसिनो बनाउनका लागि शल्यक्रिया गरेर कोर्ड निकाल्ने गरिन्छ । 

‘अवैध रूपमा कुकुरहरूको प्रजननका बारेमा छिमेकीहरूलाई सतर्क बनाउनका लागि कुकुरहरू भुक्लान् भनी कोर्ड निकालिएको हुन सक्छ,’ प्रहरी प्रवक्ताले बताए ।

पाँचजनालाई यससम्बन्धमा पक्राउ गरिएको छ । युरोपमा कुकुरहरू वितरण गर्ने एक अग्रणी संस्थासँग तिनीहरू सम्बन्धित भएको हुन सक्ने बताइएको छ । 

सन् २०१९ को शुरूआततिरबाट कुकुरहरूको अवैध प्रजनन केन्द्रमाथि अनुसन्धान शुरू गरिएको थियो । मड्रिडको मेकोमा अवैध चिहुआहुआ प्रजनन केन्द्रका बारेमा उजुरी परेपछि अनुसन्धान थालिएको थियो । 

त्यतिखेर प्रहरीले छापा मारेर चिहुआहुआ र पोमेरियन जातका २५८ वटा कुकुर बरामद गरेको थियो ।

कुकुर प्रजनन गराउने आपराधिक समूहले २० लाख युरोभन्दा बढी नाफा कमाएको प्रहरीको विश्वास छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x