×

NMB BANK
NIC ASIA

अधिकांश मन्त्रालय र सरकारी निकायमा विद्युतीय हाजिरी

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय र स्थानीय तह क्रमशः विद्युतीय हाजिरी प्रणालीमा आबद्ध भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले यसरी ई–हाजिरी प्रणालीमा आबद्ध हुन चाहने सरकारी कार्यालयलाई डिभाइस र सफ्टवेयर उपलब्ध गराई आवश्यक सहयोग गर्दै आएको छ ।

Muktinath Bank

विभागले गत वर्षबाट यो सेवा शुरु गरेको हो । यस प्रणालीले उपस्थित कर्मचारीको व्यवस्थित हाजिरी सङ्कलन र विदा तथा व्यक्तिगत सूचनाको केन्द्रीय व्यवस्थापन गर्छ । विभागले सम्बन्धित निकाय प्रणालीमा दर्ता भएपछि प्रयोगकर्ताका लागि ‘युजर’ निर्माण गरिदिन्छ र ती कर्मचारी अर्काे निकायमा सरुवा भए पनि सोही युजरका आधारमा हाजिरी हुने प्रणाली बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युतीय हाजिरी एक ‘वेभ’मा आधारित ‘एप्लिकेसन’ हो । यसमा अनलाइनबाटै विदाको निवेदन र स्वीकृति गर्न मिल्छ । यसमा दैनिक, मासिक र वार्षिक प्रतिवेदन तयार गर्न सोचालित ‘इम्पोर्ट लग’ प्रणाली पनि आबद्ध रहेको हुन्छ ।


Advertisment
Nabil box
Kumari

हालसम्म यस प्रणालीमा आबद्ध भएका मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात, भूमि व्यवस्था तथा सहकारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, कृषि, शिक्षा, विज्ञान तथा प्रविधिलगायत छन् । वन तथा भू संरक्षण, कानून र सङ्घीय मामिला तथा सामान्य प्रशासनले प्रणालीमा चाँडै आबद्ध हुने तयारी गरेका छन् भने अर्थ, स्वास्थ्य तथा जनसङ्ख्यासहित केही मन्त्रालय आबद्ध हुन बाँकी छन् । 

Vianet communication
Laxmi Bank

केन्द्रीय निकायमा सूचना प्रविधि विभाग, सत्य तथा मेलमिलाप आयोग, राष्ट्रिय सूचना आयोग, मुद्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, महालेखा नियन्त्रणको कार्यालय, प्रमाणीकरण नियन्त्रण कार्यालय, युवा, साना व्यवसायी तथा स्वरोजगार कोष र केही स्थानीय तह ई–हाजिरी प्रणालीमा आबद्ध भएका छन् । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही माघ ८ गते मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथिको अर्धवार्षिक समीक्षा बैठकमा विद्युतीय हाजिरमा सबै सरकारी निकायका कर्मचारीको सहभागिता बढाउन थप पहल गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए । सोका लागि नेपाल सरकारका मुख्यसचिव तहबाट निर्देशन दिने पनि तयारी गरिएको छ ।

विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले ई–हाजिरी प्रणालीमा आबद्ध निकायको मागअनुसार हरेक आइतबार ब्रिफिङ (तालिम) दिने गरिएको र आबद्ध हुने निकायको सङ्ख्या बढाउन पहल भइरहेको बताए । 

उक्त ई–हाजिरी प्रणालीमा आबद्ध भएका कार्यालयमा दैनिक कति कर्मचारी उपस्थित र अनुपस्थित भए वा विदामा छन् भन्ने आँकडा नियमित अपडेट गरिएको हुन्छ ।

आजको मध्याह्न १२ बजेको विवरणमा आबद्ध भएका कूल ४३९ निकायमध्ये सक्रिय प्रयोगकर्ता २२० निकायमा कूल नौ हजार ६९ कर्मचारीमध्ये चार हजार ३४४ कर्मचारी उपस्थित भएको देखिएको छ । सो विवराणमा चाँडो आउने कर्मचारीको सङ्ख्या दुई हजार ३०८ र ढिलो अउने ७०८ छन् भने काजमा रहेको १६९, विदामा १५८ छन् । कुन उपस्थित कर्मचारीमध्ये पुरुष दुई हजार ९५४ र महिला एक हजार ३८९ छन् ।

विभागले सामाजिक आर्थिक रुपान्तरणमार्फत नयाँ नेपाल निर्माणको सोचसहित सबै सरकारी निकायलाई सूचना प्रविधिको प्रयोग बढाउँदै अटोमेटेड प्रणालीको सेवा दिने दृष्टि लिइ सुशासन, गरिबी निवारणमा योगदान गर्ने लक्ष्य लिएको छ । यसले ई पूर्वाधार निर्माण गर्नाका साथै विद्युतीय सुशासनका लागि सहजीकरण र प्रवर्द्धन पनि गर्दै आएको छ ।

यस्तै सूचना प्रविधिको इन्याबल्ड सेवासम्बन्धी उद्योगको विकास र साइबर सुरक्षा स्पेसमा पनि काम गर्दै आएको छ ।

विभागका कम्प्युटर प्राविधिक पद्मा जिसीले सरकारले सबै निकायलाई यस प्रणालीमा आबद्ध हुन अनिवार्य गराउने गरी निर्देश गरेमा सबै कर्मचारी आबद्ध हुने बताए ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहेको मानिन्छ । विश्वव्यापीरुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया तथा सार्वजनिक सेवा तथा सूचना प्रवाहमा आधारभूत परिवर्तन आएको छ । 

सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त, यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत गर्नुका साथै बढी पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनका लागि यथेष्ट पूवार्धार निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सूचना प्रविधि र सूचना प्रविधिमा आधारित विभिन्न सेवालगायत अन्य उद्योग एवं सेवाजन्य व्यवसायको वृद्धिद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्नमा समेत सूचना प्रविधिको प्रयोग बढाउन सरकारले आवश्यक नीति तर्जुमा गरेको छ । सरकारले हालै ‘डिजिटल नेपाल कार्यढाँचा २०७६’ पनि कार्यान्वयन गरेको छ । प्रकाश सिलवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x